बङ्गलादेशमा झण्डै कोभिड–१९ सङ्क्रमितमध्ये १.४ प्रतिशतको मृत्यु

एजेन्सी

शनिबार, २७ भदौ २०७७, २१ : ०७
बङ्गलादेशमा झण्डै कोभिड–१९ सङ्क्रमितमध्ये १.४ प्रतिशतको मृत्यु

काठमाडौं । बङ्गलादेशमा कोभिड–१९ सङ्क्रमितमध्ये ७०.९० प्रतिशत व्यक्ति सङ्क्रमणमुक्त भएको राष्ट्रिय स्वास्थ्य सेवा निर्देशनालयले शनिबार जानकारी गराएको छ । 

निर्देशनालयका अनुसार बङ्गलादेशमा कूल सङ्क्रमितमध्ये १.४० प्रतिशतको मृत्यु भएको छ । बङ्गलादेशमा विगत २४ घण्टामा सङ्क्रमित पुष्टि भएका कोभिड–१९ विरामीको सङ्ख्या एक हजार २८२ रहेका छ भने ३४ जनाको मृत्यु भएको छ ।

यहाँ शनिबारसम्म सङ्क्रमितको सङ्ख्या तीन लाख ३६ हजार ४४ पुगेको छ भने चार हजार ७०२ जनाको मृत्यु भइसकेको छ । बङ्गलादेशमा कोरोनाभाइरस सङ्क्रमण भई निको भएका व्यक्तिको आधिकारिक सङ्ख्या दुई लाख ३८ हजार २७१ रहेको छ । तथ्याङ्क अनुसार विगत २४ घण्टामा सङ्क्रमणमुक्त हुने कोभिड–१९ सङ्क्रमितको सङ्ख्या भने दुई हजार २४७ रहेको छ । 

बङ्गलादेशमा सबैभन्दा बढी सङ्क्रमित भएको दिन जुलाई २ हो । उक्त दिन चार हजार १९ जना एकै दिन सङ्क्रमित भएका थिए । त्यस्तै जुन ३० मा कोरोना भाइरसका कारण एकै दिनमा सबैभन्दा धेरै मृत्यु रेकर्ड भएको थियो । 

प्रतिक्रिया दिनुहोस