काठमाडौँ । उदयपुर जिल्लाको कटारी नगरपालिका–११ स्थित लखन थुम्का टोलमा आज बिहान ९ बजेतिर ५० वर्षीया महिलाको हत्या भएको छ । सोही ठाउँका २५ वर्षीय युवकले खुकुरी प्रहार गरेर ती महिलाको हत्या गरेको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार कटारी नगरपालिका–११ का २५ वर्षीय ईश्वर मगरले स्थानीयवासी ५० वर्षीया महिला डोरकुमारी राउतको खुकुरी प्रहार गरेर हत्या गरेका हुन् । मादकपदार्थ सेवन गरेका मगरले छिमेकी ५० वर्षीया महिलासँग विवाद भएपछि खुकुरी प्रहार गरेको प्रहरीले बताएको छ ।
खुकुरी प्रहारबाट सख्त घाइते महिलाको उपचारका लागि कटारी अस्पताल लाने क्रममा बाटोमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक भीमप्रसाद दाहालले बताउनुभयो । महिलालाई खुकुरी प्रहार गरेर जङ्गलतिर फरार भएका मगरलाई प्रहरी टोलीले पक्राउ गरी अनुसन्धान शुरु गरेको जिप्रकाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
रासस
शनिबार, २७ भदौ २०७७, १८ : ५४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कैँची प्रहार गरि महिलाको हत्या अभियोगमा एक किशोर पक्राउ
कैलालीमा श्रीमतीको हत्यापछि श्रीमानले आफैँलाई गोली हाने
एक सातापछि पनि सत्य बाहिर आएन: इनिसा विकको हत्या प्रकरणमा पीडा र प्रश्नहरू बढ्दै
ट्युसन पढ्न गएकी बालिकाको बलात्कारपछि हत्या
धनगढीमा श्रीमतीको हत्या गरी श्रीमान् फरार
जनकपुरमा २० वर्षीय युवकको बीभत्स हत्या