काठमाडौँ । यसअघिको नेकपाको स्थायी कमिटी बैठकमा नेकपा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली मध्येभागमा हुन्थे । दायाँबायाँ नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, वरिष्ठ नेता झलनाथ खनाल, माधवकुमार नेपाल हुन्थे । अवस्था हिजोको जस्तो रहेन अब ।
कार्यकारीको भूमिका बढाउने प्रस्तावसँगै सत्तारूढ नेपाल कम्युनिष्ट पार्टीको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको बस्ने ठाउँ नै फेरिएको छ । प्रचण्ड यसअघि प्रधानमन्त्री ओली बस्ने मध्येभागमा बसेका छन् ।
शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको स्थायी कमिटी बैठकमा प्रचण्ड मध्येभागमा देखिए । बैठकको सिटिङ हेर्दा प्रचण्डको थप भूमिका बढेको स्पष्ट संकेत दिन्छ।
प्रचण्डको दाँया र बाँयातिर २÷२ जना नेताहरू छन्। प्रचण्डको दाँयातिर प्रधानमन्त्री ओली र बरिष्ठ नेता झलनाथ खनाल छन् भने बाँयातिर बरिष्ठ नेता माधवकुमार नेपाल, उपाध्यक्ष वामदेव गौतम बसेका छन्।
स्थायी कमिटीमा पेश भएको राजनीतिक प्रतिवेदनमा प्रचण्डले पार्टीको सम्पूर्ण काम गर्ने र प्रधानमन्त्री ओली पुरै कार्यकाल प्रधानमन्त्री रहने प्रस्ताव गरिएको छ। सोही प्रस्ताव नआउँदै प्रचण्डको बस्ने ठाउँ नै फेरिएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २६ भदौ २०७७, १५ : १९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
माधव नेपाललाई भेट्न आलोकनगर पुगे प्रचण्ड
माओवादी-समाजवादीसहित आठ दलले गरे एकताको सहमति,१८ बुँदे सहमतिपत्रमा के छ ?
खाेटाङका माओवादी सांसद पासाङको आरोप– “सुदन किराँती भ्रष्ट छन्”
बैठकमा आफ्नो कुरा राखेर उठेर हिँड्ने जनार्दनको शैली अराजक: प्रचण्ड
चितवनबाट उठेको न्यायको आवाज — जेन Z आन्दोलनमाथिको दमन र विद्यार्थी हत्याविरुद्ध हस्ताक्षर अभियान सम्पन्न!
देशमा क्रान्ति र प्रतिक्रान्ति आमनेसामने छन् : प्रचण्ड