फोटो फिचर

खेतमै पुगेर भोट माग्दै प्रदेश सभाका उम्मेदवार रामलाल महतो

शुक्रबार, ०८ मंसिर २०७४, ०९ : २१
खेतमै पुगेर भोट माग्दै प्रदेश सभाका उम्मेदवार रामलाल महतो

चितवन । प्रतिनिधि सभा सदस्य एवं प्रतिनिधि सभा सदस्य पदका लागि दोस्रो चरणमा मंसिर २१ गते मतदान हुने चितवन जिल्लामा यतिबेला उम्मेदवारहरु घरदैलो गर्दै मतदातासँग मत माग्नमा व्यस्त छन् । यसैक्रममा चितवनको निर्वाचन क्षेत्र नम्बर तीन प्रदेश सभा ख का उम्मेदवार रामलाल महतोले घरघरमात्र होइन, खेतमै पुगेर मतदातासँग भोट मागिरहेका छन् ।


घरदैलोका क्रममा भरतपुर महानगरपालिका वडा नम्बर २१, सीतापुरमा भेटिएका महतोेसँगै समानुपातिक उम्मेदवार अम्बिका लामिछाने पनि मतदातासँग मत माग्नमा व्यस्त थिइन् । उनीहरुलाई घरदैलोमा साथ दिएका थिए, नेकपा एमालेकी दिव्या शर्मा, नेकपा माओवादी केन्द्रका नारायण आचार्य, विद्यार्थी नेतृ राजेश्वरी सुवेदी लगायत दर्जनौँ नेता तथा कार्यकर्ताले ।


खेतमा धान काट्दै गरेका महिलासामु पुग्दा होस् वा घरमा बसेका वृद्धवृद्धा सामु मत माग्दा होस्, उम्मेदवार महतोले भने, यसपालि एमाले र माओवादी मिलेर वाम गठबन्धन गरेका छौँ । यो तीन नम्बर क्षेत्रबाट कमरेड पुष्पकमल दाहाल प्रचण्ड देशको नेतृत्व गर्दै चितवनको विकास गर्न उम्मेदवार बन्नु भएको छ । प्रतिनिधि सभामा उहाँलाई र प्रदेश सभामा मलाई गोलाकारभित्रको हँसिया हथौडामा भोट दिएर विजयी बनाउनु होस् । केन्द्रमा कमरेड प्रचण्डले र प्रदेशमा मैले चितवनका लागि सक्दो विकास योजना ल्याएर काम गर्नेछौँ । यसपालि वामपन्थीको बहुमतको सरकार बनाएर पाँच वर्षमा देशलाई समृद्ध बनाउने हो ।


विपक्षी गठबन्धनको तुलनामा जनता वाम गठबन्धनप्रति आशावादी र समर्पित पाइएको नेकपा माओवादी केन्द्रको वडा नम्बर २१ का इन्चार्ज नारायण आचार्यले बताए । नेकपा एमालेकी नेतृ दिव्या शर्माले वाम गठबन्धनको कारण मतदातामा उत्साह छाएको बताइन् । विद्यार्थी नेतृ राजेश्वरी सुवेदीले खेतमा काम गर्ने किसानको पक्षमा वाम गठबन्धनले काम गर्ने भएकोले घरदैलो कार्यक्रमका क्रममा खेतखेतमा पुग्दा प्रभावकारी भएको बताइन् ।


 

प्रतिक्रिया दिनुहोस