विराटनगर । विराटनगरमा उपचारको क्रममा एक कोरोना संक्रमित महिलाको मृत्यु भएको छ । विराटनगरको कोशी कोभिड उपचार केन्द्रमा उपचारको क्रममा विराटनगर–१९ बस्ने ४४ वर्षीय महिलाको बिहिबार मृत्यु भएको हो ।
ती महिलालाई ५ दिनदेखि ज्वरो र श्वासप्रश्वासमा समस्या भएपछि बिहीबार दिउँसो कोशी अस्पतालको आइसोलेसनमा भर्ना गरिएको थियो । सोही दिन गरिएको पिसिआर परीक्षणमा संक्रमण देखिएपछि थप उपचारको लागि कोभिड अस्पताल पठाएको कोशी अस्पतालका प्रमुख डा. दिपक सिग्देलले बताए। यो सँगै कोशीको कोभिड अस्पतालमा मृत्यु हुनेको संख्याँ पाँच पुगेको छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २६ भदौ २०७७, ११ : १२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कोरोना अपडेट : एक सातामा ३५ जनामा सङ्क्रमण
टेकु अस्पतालमा ५ जनामा कोरोना संक्रमण, एक जना भर्ना
भारतका १६ राज्यमा फैलियो कोरोना संक्रमण