काठमाडौँ । विश्वमा कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या नौ लाख नाघेको बताइएको छ । हाल विश्वमा यो भाइरसको संक्रमण बढ्दो रहेको छ । यो समाचार तयार पार्दासम्म विश्वमा कोरोना भाइरसका कारण मृत्यु भएकाको संख्या नौ लाख नाघेको जोन हप्किन्स विश्वविद्यालयले जानकारी दिएको छ ।
सो विश्वविद्यालयका अनुसार यस भाइरसबाट नौ लाख ७९ जनाको निधन भएको देखाइएको छ ।साथै यस भाइरसबाट संक्रमित हुनेहरु २ करोड ७६ लाख ९५ हजार १३० पुगेको पनि सो विश्वविद्यालयले प्रकाशन गरेको पछिल्लो तथ्यांकमा देखाइएको छ ।
त्यस्तै उक्त तथ्यांकअनुसार यस भाइरसबाट १ करोड ८६ लाख ६० हजार ४७४ जना संक्रमण मुक्त भएका छन् ।उता विश्व स्वास्थ्य संगठनको तथ्यांकअनुसार भने यो भाइरसबाट मृत्यु हुनेको संख्या करिब नौ लाख पुगेको छ । सो संगठनले ८ लाख ९५ हजारभन्दा बढीको मृत्यु भएको जनाएको छ । (रासस,एएनआई)
प्रतिक्रिया दिनुहोस
एजेन्सी
विहीबार, २५ भदौ २०७७, १८ : ४६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
हावाबाट कोरोना फैलिएको विश्व स्वास्थ्य संगठनको स्विकारोक्ति
कोरोना भाइरसविरुद्धको खोप विसर्जन गरिँदै
नेपालमा कोभिडको नयाँ भेरियन्ट नभित्रिएको स्वास्थ्य मन्त्रालयको भनाइ
भारतको ११ राज्यमा फैलियो कोरोना भाइरसको नयाँ भेरियन्ट
भारतमा भेटियो कोरोनाको नयाँ भेरियन्ट
कोरोना भाइरसविरुद्धको ४० लाख मात्रा डोज खोप खेर जाँदै