निजी विद्यालयलाई अनलाइन कक्षाको शुल्क लिन सरकारले दियो अनुमति

सफल खबर संवाददाता

विहीबार, २५ भदौ २०७७, १४ : २९
निजी विद्यालयलाई अनलाइन कक्षाको शुल्क लिन सरकारले दियो अनुमति

काठमाडौं । निजी विद्यालयलाई अनलाइन कक्षाको शुल्क लिन सरकारले अनुमति दिएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरीराजमणि पोखरेलले मन्त्रीस्तरीय निर्णयबाट शुल्क लिन पाउने व्यवस्था खोलेका हुन् ।

स्थानीय तहको स्वीकृत गरेअनुसारको शुल्क लिन पाइनेछ । 

यसअघि शिक्षा मन्त्रालयले अनलाइन वा अन्य माध्यमको कुनै पनि दूरशिक्षाको नाममा शुल्क लिन नपाउने निर्णय गरेको थियो । मन्त्रालयले जारी गरेको निर्देशिका अनुसार असार १ गतेदेखि विद्यालयहरूले अनलाइन कक्षा सञ्चालन गर्दै आएका छन् ।

असोज १ गते भन्दा पहिला विद्यार्थी भर्ना र परीक्षा सञ्चालन गर्न नपाउने निर्णय गरेको छ । मासिक शुल्कको ५० प्रतिशत भन्दा कम हुनुपर्दछ भनेर अभिभावक संघले भनेको छ । 


 

प्रतिक्रिया दिनुहोस