सुनचाँदीको मूल्यमा सामान्य वृद्धि

सफल खबर संवाददाता

विहीबार, २५ भदौ २०७७, ११ : १६
सुनचाँदीको मूल्यमा सामान्य वृद्धि

काठमाडौँ । नेपाली बजारमा बिहीबार सुनचाँदीको मूल्यमा सामान्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार तोलामा ९६ हजार ४०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य बिहीबार रु ४०० बढेर ९६ हजार ८०० पुगेको छ । 

तेजावी सुन तोलामा ९६ हजार ३०० रुपैयाँमा कारोबार भएको छ । बिहीबार चाँदीको मूल्य बुधबारको तुलनामा रु १० बढेर तोलामा १३२५ रुपैयाँमा कारोबार भएको छ । यसअघि बुधबार चाँदी तोलामा १३१५ रुपैयाँमा कारोबार भएको थियो । 

प्रतिक्रिया दिनुहोस