कोरोना भाइरस

भारतमा एकै दिन थपिए ९७ हजार संक्रमित

एजेन्सी

विहीबार, २५ भदौ २०७७, ११ : ०७
भारतमा एकै दिन थपिए ९७ हजार संक्रमित

एजेन्सी । कोरोना भाइरस (कोभिड १९) को संक्रमण उत्कर्षतिर गइरहेको भारतमा पछिल्लो २४ घण्टामा सर्वाधिक ९७ हजार ३ सय ९९ जना नयाँ संक्रमितको पहिचान भएको छ । हालसम्म एकै दिन भेटिएका संक्रमितको संख्या भारतमा यो सबैभन्दा धेरै हो । 

टाइम्स अफ इण्डियाले बुधबार भारतमा एकैदिन ९७ हजार ३ सय ९९ जना नयाँ संक्रमित फेला परेको जनाएको छ । यसअघि ६ सेप्टेम्बरमा ९१ हजार ७ सय २३ नयाँ संक्रमित भेटिएका थिए । 

भारतमा कोरोना संक्रमितको संख्या ४४ लाख ६३ हजार १०६ पुगेको छ । पछिल्लो २४ घण्टामा ११ सय ५२ जनाको कोरोनाका कारण मृत्यु भएको छ। योसँगै भारतमा कोरोनाका कारण हुने मृत्यु ७५ हजार ६२ पुगेको छ ।

विश्वमा कोरोनाका कारण हालसम्म ९ लाख बढी मानिसको मृत्यु भइसकेको छ । कोरोना भाइरस (कोभिड १९) संक्रमणबाट सबैभन्दा धेरै नागरिक गुमाउने मुलुकमा भारत विश्वमा तेस्रो नम्बरमा पर्छ । पहिलो नम्बरमा अमेरिका छ भने दोश्रोमा ब्राजिल छ ।

सबैभन्दा बढी संक्रमित भेटिएको आधारमा भारत विश्वमा दोस्रो नम्बरमा छ । पहिलो नम्बरमा अमेरिका र तेस्रो नम्बरमा ब्राजिल रहेका छन् ।

प्रतिक्रिया दिनुहोस