चितवनका थप १४ जनामा देखियो कोरोना संक्रमण

सफल खबर संवाददाता

विहीबार, २५ भदौ २०७७, ०७ : ४१
चितवनका थप १४ जनामा देखियो कोरोना संक्रमण

चितवन । भरतपुरमा गरिएको परिक्षणमा थप १४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । भरतपुर अस्पताल कोभिड १९ प्रयोगशालामा बुधबार राति गरिएको ३१९ वटाको स्वाब परिक्षणमा ९ जनामा संक्रमण देखिएको हो ।

बाँकी ३०५ जनाको नमुना भने निगेटिभ देखिएको छ । संक्रमित हुनेहरु सबै चितवनका रहेका छन् । प्रयोगशालाका डा. नितु अधिकारीका अनुसार भरतपुर महानगरका १३ र रत्ननगर नगरपालिकाका १ जना रहेका छन् ।

संक्रमित हुनेहरु भरतपुर महानगरको वडा नं. ५,७,९,१०,११ र १८ रहेका छन् । ति मध्ये ७ पुरुष र ६ जना महिला रहेका छन् । त्यस्तै रत्ननगर– २ का क्वारेन्टिनमा रहेकी एक २५ वर्षिया महिला संक्रमण देखिएको हो ।
 

प्रतिक्रिया दिनुहोस