काठमाडौँ उपत्यकामा निषेधाज्ञा खुकुलो,  १६ सिट माथिका यातायातका साधनमा जोरबिजोर लागू

सफल खबर संवाददाता

बुधबार, २४ भदौ २०७७, १७ : ५६
काठमाडौँ उपत्यकामा निषेधाज्ञा खुकुलो,  १६ सिट माथिका यातायातका साधनमा जोरबिजोर लागू

काठमाडौं । काठमाडौं उपत्यकामा बिहीबारदेखि १६ सिट क्षमताभन्दा माथिका यातायातका साधनमा जोरबिजोर लागू गर्ने निर्णय भएको छ ।

काडमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले ३ सातायता जारी निषेधाज्ञालाई थप खुकुलो बनाउँदै १६ सिट क्षमताभन्दा माथिका यातायातका साधनमा जोरबिजोर लागू गर्ने निर्णय भएको जानकारी दिए । 

यस्तै सबै किसिमका निजी सवारीका साधानमा पनि जोरबिजोर नियम लागू गर्ने निर्णय उपत्यकामा प्रमुख जिल्ला अधिकारीहरुको बुधबारको बैठकले गरेको उनले बताए ।

यसैगरी उपत्यकामा सञ्चालित डिपार्डमेन्टल स्टोर र सपिङ मल सञ्चालनका लागि पनि समय निर्धारण भएको छ ।  बैठकले बिहान ११ बजेसम्म र साँझ फेरि ४ बजेपछि पनि सञ्चालनको अनुमति दिएको दाहालले बताए । 

प्रतिक्रिया दिनुहोस