काठमाडौं उपत्यकामा निषेधाज्ञा थप एक साता लम्ब्याउन सुझाव

सफल खबर संवाददाता

बुधबार, २४ भदौ २०७७, १३ : २७
काठमाडौं उपत्यकामा निषेधाज्ञा थप एक साता लम्ब्याउन सुझाव

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले काठमाडौं उपत्यकामा थप एक साता निषेधाज्ञा लम्ब्याउन सुझाव दिएको छ ।

कोरोना संक्रमितको संख्या नघटेको भन्दै मन्त्रालयले निषेधाज्ञा अझ बढाउन सुझाव दिएको हो । थप एक साता निषेधाज्ञा लम्ब्याए महामारी नियन्त्रणमा सहज हुने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

भदौ ४ गतेदेखि जारी निषेधाज्ञा आज राति १२ बजेदेखि सकिँदै छ। कतिपय विज्ञहरुले समेत निषेधाज्ञा मात्रै समाधान नभएको भन्दै निषेधाज्ञालाई खुकुलो बनाइ जनजीवनलाई सामान्य बनाउन माग गरेका छन् । 

प्रतिक्रिया दिनुहोस