किसानको साहारा बन्दै चितवन मिल्क

सफल खबर संवाददाता

मंगलबार, २३ भदौ २०७७, १९ : ०९
किसानको साहारा बन्दै चितवन मिल्क

नारायण अधिकारी 
चितवन । भरतपुरको एकापट्टि छेउमा रहेको बहुर्राष्ट्रिय कम्पनी नेपाल तराई वोटलर्सले उद्योग बिस्तार गर्दै गर्दा अर्को छेउमा रहेको चितवन मिल्क चल्न नसकेर वन्द भयो । कोकोकोला लगाएतका पेय पदार्थ उत्पादन गर्ने कम्पनी दिनानुदिन फष्टाउँदै गर्दा किसानको दुध प्रसोधन गर्ने उद्योग बिदेशी उत्पादनसंग प्रतिस्पर्धा गर्न नसकेर धरासायी भएको हो । 

वि.सं. २०६८ सालमा भरतपुर महानगरपालिका वडा नम्बर १ ठिमुरामा स्वर्गीय लक्ष्मणवावु श्रेष्ठले उद्योगको स्थापना गर्नुभयो । त्यतिवेला सातामा ३ दिन मिल्क होलिडे हुने गर्दथ्यो ।
मनकामना केवलकार, चितवन कोई जस्ता प्रतिष्ठित उद्योग चलाएका सफल व्यवसायी श्रेष्ठले किसानको पिडा मनमै गढेपछि उद्योग स्थापना गरेको उहाँसंग लामो समय सहकार्य गर्नुभएका सुरेशचन्द्र अधिकारी वताउनुहुन्छ । उहाँले स्मरण गर्नुभयो “वुवाले कृषकको समस्यालाई समाधान गर्नका लागि ठूलो लगानी यस उद्योगमा गर्नुभएको हो ।” त्यहाँ १२ विगाह जमिन किनेर दुग्ध विकास संस्थान संग सहकार्य गरेर उद्योग सञ्चालनमा ल्याईएको हो । दुध, पाउडर दुध, ह्वाइटनर, वटर घ्यू  जस्ता दुधका सबै उत्पादन यस उद्योगले गर्दछ । 

बिदेशी सस्तो उत्पादन भित्रिएपछि उद्योगले प्रतिस्पर्धा गर्न नसकेकै कारण चल्न कठिन भएको चितवन मिल्क वि. सं. २०७२ सालको भूकम्पले क्षती पु¥याएपछि चार वर्ष वन्द हुन पुग्यो । उद्योग वन्द हुँदा मिल्क होलिडे फेरी सुरु भएको कृषक कुलानन्द अधिकारी वताउनुहुन्छ । पश्चिम चितवनको चनौलीका अगुवा कृषक अधिकारी चितवन मिल्क नियमित चले कृषकलाई ठूलो राहत हुने बताउनुहुन्छ । 

चितवन दुग्ध सहकारी संघका अध्यक्ष रत्नमणी न्यौपाने यस्ता उद्योग नियमित सञ्चालनमा सरकारको ध्यान जानुपर्छ भन्नुहुन्छ । उहाँले भन्नुभयो “कृषकलाई मिल्क होलिडेवाट बचाउनुपर्छ ।”अन्यथा कृषक बिस्थापित हुने उहाँको तर्क छ । चितवनमा मात्रै दैनिक ३ लाख १५ हजार लिटर दुध उत्पादन हुन्छ । यहाँका १ सय ६७ सहकारीले दुध संकलन गरेर निजी डेरीलाई बिक्रि गर्दै आएका छन् । न्यौपानेको भनाईमा चितवन मिल्क कृषकको सहारा वनेको छ । 

श्रेष्ठको निधनपछि उद्योगको नेतृत्व जेठो छोरा राजुवावु श्रेष्ठले गर्दै आउनु भएको छ । भूकम्प पछि उद्योग पुन निर्माण संगै कसरी संञ्चालन गर्ने वहस चलिरहँदा उद्योग समक्ष डेरी उद्योग संघ नेपालले नयाँ प्रस्ताब ल्यायो । श्रेष्ठका अनुसार दुधलाई डेरीले खरिद गरेर उद्योगमा ल्याएर कन्भर्सन गरि पाउडर दुध र वटर वनाउन सुरु गरेका छन् । त्यही उत्पादन दुध कम हुँदा प्रयोगमा ल्याईन्छ । चैत देखि भदौ सम्म दुध कम हुने मुख्य सिजन हो । यो वेलामा दुध पु¥याउन मुस्किल हुन्छ भने अन्य समयमा कृषकको दुध धेरै भएर मिल्क होलिडे गर्नुपर्ने हुन्छ । 
भूकम्प पछि उद्योग पुनः निर्माण गरेर वि.सं.२०७५ सालको पुषबाट सञ्चालनमा ल्याईएको श्रेष्ठ वताउनुहुन्छ । त्यसपछि उद्योगले निजी डेरी र सहरकारीको दुध प्रसोधन गर्दै आईरहेको छ । उद्योगले दुध पाउडरको प्रतिकिलो मूल्य अभिबृद्धि कर वाहेक रु १ सय ५ र वटरको रु ४३ कन्भर्सन सुल्क लिएर प्रसोधन गर्दै आएको छ । 

यस वर्ष कोरोना सङ्क्रमणका कारण दुधको बे मौषममा पनि डेरीले प्रसोधन गर्न ल्याएको श्रेष्ठ वताउनुहुन्छ । गत वर्ष यतिवेला दुध नपुगेर भारतबाट ल्याईएको थियो । गएको असार १२ गतेबाट वन्द रहेको उद्योग गएको शनिबारबाट फेरी संञ्चालनमा आएको छ । उद्योग नचले दुध खपत नहुँदा मिल्क होलिडे हुने डेरी सञ्चालकहरु वताउँछन् । उद्योगले छिट्टै आफ्नै डेरी ह्वाइटनर उत्पादनको तयारी गरेको छ । श्रेष्ठका अनुसार कोरोना सङ्क्रमण केही घटे संगै ह्वाइटनर उत्पादन थालिने छ । 

डेरी उद्योग संघ नेपालका निवर्तमान अध्यक्ष अरनीको राजभण्डरी भारतीय उत्पादन खुल्ला गरेर यहाँका उद्योग वन्द गर्न नहुने बताउनु हुन्छ । नेपालको दुध उत्पादन महङ्गो भएकाले सरकारले अनुदान विना प्रतिस्पर्धा सम्भव नभएको उहाँको भनाई छ । अहिले निजी डेरीले वनाएको पाउडर दुध २४ किलोको रु १६ हजार ५ सयमा विक्रि गर्नु पर्दछ । तर वाहिरबाट आएको रु १४ हजार ५ सयमा बिक्रि हुने गरेको उहाँको भनाई छ ।

कृषकको दुधको मूल्य घटाउन नसक्दा लागत मूल्य वढी भएको भन्दै उहाँले प्रसोधन गरेर राखेको पाउडर दुध वेच्न नसकेको गुनासो गर्नुभयो । दुध उद्योग नचल्दा मिल्क होलिडे गर्नुपर्ने बाध्यता रहेको भन्दै उहाँले वाहिरबाट दुग्ध उत्पादन ल्याउन रोक लगाउनुपर्छ भन्नुभयो । हामी संग नेपालमा भएको उत्पादन वाहेक वाहिरबाट दुग्धजन्य उत्पादन ल्याउन नहुने उहाँको भनाई छ । 

उहाँले भन्नुभयो “यहाँका उद्योगले वाहिरका उद्योग संग गुणस्तरमा प्रतिस्पर्धा गर्न सक्छन् । एक सय लिटर दुधबाट ४ किलो घ्यू र ८ किलो पाउडर दुध वन्ने उहाँको भनाई छ । दुध धेरै हुँदा वनाएको पाउडरर दुध अभाव हुँदा १ वर्ष भित्र प्रयोग गर्न सकिन्छ । जसका कारण दुध अभाव हुँदा वाहिरबाट ल्याउनु पर्ने र धेरै हुँदा कृषकले मिल्क होलिडे गर्नुपर्ने वाध्यता हट्ने उहाँको तर्क छ । त्यसका लागि यस्ता उद्योग सञ्चालनमा सरकारले सहयोग गर्नुपर्ने राजभण्डारी बताउनुहुन्छ । 

चितवन मिल्क र सुजल डेरीले निजी र सहकारीको दुध प्रसोधन गर्दै आएका छन् । निजी डेरीहरुले मात्र एक वर्षमा २ करोड ५० लाख लिटर दुध प्रसोधन गर्ने गरेको उहाँको भनाई छ । दुधको अभाव हुने मौषममा नेपालमा धुलो वनाएर राख्न नसके रु ४ अर्बको दुध ल्याउनुपर्ने उहाँले जानकारी दिनुभयो । 

चितवन मिल्कमा डेरी उद्योग संघ, नेपाल डेरी एशोसीएसन अन्तर्गतका डेरीहरु र सहकारीले देशैभरबाट दुध ल्याउने गरेको उद्योग हेर्दै आउनुभएका दुर्गा पराजुलीले जानकारी दिनुभयो । चितवन मिल्क ठूलो उद्योग भएकाले ५० हजार लिटर भन्दा कम दुध राखेर उद्योग चलाएमा नोक्सान हुने पराजुलीको भनाई छ । सो उद्योगले एक सिफ्टमा ८० हजार देखि १ लाख लिटर दुध प्रसोधन गर्न सक्छ । २४ सै घण्टा चलाएमा २ लाख ५० हजार लिटर सम्म प्रसोधन गर्न सक्ने पराजुलीले जानकारी दिनुभयो । हाल उद्योगले २० जनामात्र कर्मचारी राखेर एक सिफ्ट चलाउँदै आएको छ । 
 

प्रतिक्रिया दिनुहोस