गायक बाबुल गिरीविरुद्ध जाहेरी लिएर नितु पौडेलको परिवार प्रहरी कार्यालयमा

सफल खबर संवाददाता

शुक्रबार, ०७ कार्तिक २०८२, १५ : ०२
गायक बाबुल गिरीविरुद्ध जाहेरी लिएर नितु पौडेलको परिवार प्रहरी कार्यालयमा

काठमाडौँ । गायिका नितु पौडेलको मृत्यु भएपछि उनका दाइ गणेश पौडेल जाहेरी लिएर प्रहरी कार्यालय पुगेका छन् । नितुका दाइ गणेश गायक बाबुल गिरीविरुद्ध जाहेरी लिएर अहिले प्रहरी वृत्त सिंहदरबार पुगेका हुन् ।

गणेशले आफू जाहेरी लिएर सिंहदरबार वृत्तमा पुगेको बताएका छन् ।

गणेशले आफ्नो बहिनीको हत्या भएको दाबी गर्दै कर्तव्य ज्यानको कसुरमा जाहेरी दिन लागेका छन् । विगत ८–९ वर्षदेखि बहिनी र गिरी प्रेम सम्बन्धमा रहेको उनको दाबी छ । दुई जना मात्रै भएको कोठाभित्र आफ्नो बहिनीलाई जलाइएको दाबी उनको छ ।

गायिका नितु पौडेलको एक साताको उपचारपछि आज शुक्रबार मृत्यु भएको छ ।

प्रतिक्रिया दिनुहोस