काठमाडौँ । जेनजी युवाहरूले शुक्रबार काठमाडौँको माइतीघरमा प्रदर्शन गरेका छन् ।
जेनजी युवाहरुबीच एकता कायम हुनुपर्ने र शहीदको रगत नबिर्सन खबरदारी गर्न भन्दै उनीहरूले प्रदर्शन गरेका हुन् ।
शहीद र घाइतेका लागि पनि युवाहरू एकताबद्ध हुनुपर्ने उनीहरूको भनाइ छ । त्यस्तै उनीहरूले जेनजीको नाम बद्नाम गर्ने प्रयास भएकाले सबै युवाहरू सहज हुनुपर्नेमा उनीहरूले जोड दिएका छन् ।
जेनजी युवाहरूले रगतले देखिएको इतिहास-अब कर्मले पुरा गरौँ, शहीदको रगत खेर नजाओस्, जेनजी युनाइटेड देशका घाउहरू हाम्रो जिम्मेवारी लगायत लेखिएका प्लेकार्ड प्रदर्शन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ०७ कार्तिक २०८२, १६ : ०५
लेखकबाट थप