काठमाडौँ । पूर्वी नवलपरासीको गैँडाकोट नगरपालिका-१ इट्टाभट्टी नजिकै २८ वर्षका एक युवकको गएराती हत्या भएको छ।
युवाहरूको एक समूहले चक्कु प्रहार गर्दा सोही ठाउँका २८ वर्षीय नारायण कुमालको मृत्यु भएको हो।
हत्यामा संलग्न भएको आशंकामा ४ जना पक्राउ परेका छन् । घटनाको थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय गैँडाकोटले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ०७ कार्तिक २०८२, १५ : ११
लेखकबाट थप