जेनेभा, स्वीट्जरल्याण्ड । विश्वभरी कोरोना भाइरस सङ्क्रमणबाट आठ लाख ९६ हजार ९२६ जनाको मृत्यु भएको विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले मङ्गलबार जानकारी दिएको छ ।
सो संगठनका अनुसार विश्वमा दुई करोड ७४ लाख ९२ हजार ९८२ जना कोरोना भाइरस सङ्क्रमित भएका छन् । यद्यपी विश्वमा कोरोना भाइरस सङ्क्रमित एक करोड ९५ लाख ९२ हजार २८० व्यक्ति कोरोना मुक्त भएका छन् ।
हाल विश्वमा ७० लाख ३ हजार ७७६ व्यक्ति कोरोना भाइरस सङ्क्रमित रहेका उनीहरुको उपचार भइरहेको पनि सो संगठनले जानकारी दिएको छ । सङ्क्रमितहरु मध्ये ६० हजार २९८ जनाको अवस्था गम्भीर रहेको जनाएको छ ।
चीनको हुबे प्रान्तको वुहान शहरबाट गत वर्षको डिसेम्बरको अन्त्यबाट शुरु भएको कोरोना भाइरस संक्रमणको कारण संयुक्त राज्य अमेरिका सबैभन्दा बढी प्रभावित भएको छ ।
कोरोना भाइरसबाट अन्त्यत प्रभावित दश ओटा देशहरुको डब्लुएचओद्वारा प्रकाशित तथ्याङ्क यी रहेका छन् ।
अमेरिकामा ६४ लाख ८५ हजार ५७५ जनामा कोरोना भाइरसका सङ्क्रमित रहेका छन् । यहाँ ३७ लाख ५८ हजार ६२९ जना कोरोना भाइरस मुक्त भएका छन् भने १ लाख ९३ हजार ५३४ व्यक्तिको मृत्यु भइसकेको बताइएको छ ।
भारतमा ४२ लाख ८० हजार ४२२ जना कोरोना भाइरस सङ्क्रमति रहेका छन् । यहाँ ३३ लाख २३ हजार ९५० कोरोना भाइरस मुक्त भएका छन् भने ७२ हजार ८१६ जनाको मृत्यु भएको छ ।
ब्राजिलमा ४१ लाख ४७ हजार ७९४ जना कोरोना भाइरस सङ्क्रमति रहेका छन् । यहाँ ३३ लाख ५५ हजार ५६४ कोरोना भाइरस मुक्त भएका छन् भने १ लाख २७ हजार १ जनाको मृत्यु भएको छ ।
रुस १० लाख ३० हजार ६९० जना कोरोना भाइरस सङ्क्रमित रहेका छन । यहाँ ८ लाख ४३ हजार २७७ कोरोना भाइरस मुक्त भएका छन् भने १७ हजार ८७१ जनाको मृत्यु भएको छ ।
पेरुमा ६ लाख ९१ हजार ५७५ जनामा कोरोना भाइरस सङ्क्रमण रहेको छ । यहाँ ५ लाख २२ हजार २५१ जना कोरोना भाइरस मुक्त भएका छन् भने २९ हजार ९७६ जनाको मृत्यु भएको छ ।
कोलम्बिया ६ लाख ७१ हजार ८४८ जनामा कोरोना भाइरस सङ्क्रमण रहेको छ । यहाँ ५ लाख २९ हजार २७९ कोरोना भाइरस मुक्त भएका छन् भने २१ हजार ६१५ जनाको मृत्यु भएको छ ।
दक्षिण अफ्रिकामा ६ लाख ३९ हजार ३६२ जनामा कोरोना भाइरस सङ्क्रमण रहेको छ । यहाँ ५ लाख ६६ हजार ५५५ कोरोना भाइरस मुक्त भएका छन् भने १५ हजार ४ जनाको मृत्यु भएको छ ।
मेक्सिकोमा ६ लाख ३७ हजार ५०९ जनामा कोरोना भाइरस सङ्क्रमण रहेको छ । यहाँ ४ लाख ४६ हजार ७१५ कोरोना भाइरस मुक्त भएका छन् भने ६७ हजार ७८१ जनाको मृत्यु भएको छ ।
स्पेनमा ५ लाख २५ हजार ५४९ जनामा कोरोना भाइरस सङ्क्रमण रहेको छ भने २९ हजार ५१६ जनाको मृत्यु भएको छ ।
अर्जेन्टिना ४ लाख ८८ हजार ७ जनामा कोरोना भाइरस सङ्क्रमण रहेको छ । यहाँ ३ लाख ५७ हजार ३८८ कोरोना भाइरस मुक्त भएका छन् भने १० हजार १२९ जनाको मृत्यु भएको छ । (रासस/एएफपी)
प्रतिक्रिया दिनुहोस
एजेन्सी
मंगलबार, २३ भदौ २०७७, १३ : १२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
हावाबाट कोरोना फैलिएको विश्व स्वास्थ्य संगठनको स्विकारोक्ति
कोरोना भाइरसविरुद्धको खोप विसर्जन गरिँदै
नेपालमा कोभिडको नयाँ भेरियन्ट नभित्रिएको स्वास्थ्य मन्त्रालयको भनाइ
भारतको ११ राज्यमा फैलियो कोरोना भाइरसको नयाँ भेरियन्ट
भारतमा भेटियो कोरोनाको नयाँ भेरियन्ट
कोरोना भाइरसविरुद्धको ४० लाख मात्रा डोज खोप खेर जाँदै