चीन–भारत सीमा विवाद : आफ्ना सेनामाथि भारतीय सेनाले गोली चलाएको चीनको दाबी

एजेन्सी

मंगलबार, २३ भदौ २०७७, १३ : २२
चीन–भारत सीमा विवाद : आफ्ना सेनामाथि  भारतीय सेनाले गोली चलाएको चीनको दाबी

एजेन्सी । चीनले भारतीय सैनिकहरुलाई अवैध रुपमा विवादित सिमाना पार गरेको र गस्ती सैनिकहरुमा गोली प्रहार गरेको आरोप लगाएको छ । चिनियाँ जनमुक्ति सेनाका प्रवक्ताले चिनियाँ सुरक्षाकर्मीहरुलाई काउन्टर लिन बाध्य पारिएको बताएका छन् । 

उनीहरु के थिए भन्ने कुरा स्पष्ट छैन । ४५ बर्षमा यो पहिलो पटक त्यहाँ गोली चलाइएको थियो, बन्दुकको प्रयोगमा रोक लगाइएको एक सम्झौता भंग गर्दै यस्तो गरेको चीनको आरोप छ । हालका महिनाहरुमा दुवै देशबीचको सम्बन्ध लगातार बिग्रँदै छ । 

सरकारी मिडिया आउटलेट ग्लोबल टाइम्सका अनुसार भारतीय सेनाले अवैधरुपमा नियन्त्रण रेखा पार गरी चार हजार मिटरको उचाइमा रहेको पाङ्गोङ् ताल नजिक दक्षिणी किनार शेन्पाओ पर्वतीय क्षेत्रमा प्रवेश गरेको थियो ।  

चिनिया जनमुक्ति सेनाका प्रवक्ता वरिष्ठ कर्नेल झाजबलन शुलीले भारतको यो कदमले दुबै पक्षले गरेको सम्झौताको गम्भीर उल्लंघन गरेको र यस क्षेत्रमा तनाव बढाएको बताए ।  यो बिषयमा भारतीय अधिकारीहरूले अझै प्रतिक्रिया दिन सकेका छैनन् ।

सम्झौतामा दुवै देशबीचको नियन्त्रण रेखाबाट बन्दुक र विस्फोटक पदार्थ प्रयोगमा रोक लगाइएको छ । विवादित सिमाना तोकिएको छ ।  यद्यपि त्यहाँ पहिलेदेखि सैनिकहरु झगडा गरिरहेका छन् ।

पीएलएका प्रवक्ताले भारतीय पक्षलाई तुरुन्त खतरनाक चाल रोक्न, एलओसी पार गर्ने कर्मचारीलाई फिर्ता लिन र गोली प्रहार गर्ने कर्मचारीहरुलाई सजाय दिन आग्रह गरे ।

गत जूनमा चिनियाँ सेनासँगको हिंसात्मक झडपमा २० भारतीय सैनिक मारिएपछि तनाव बढेको थियो । स्थानीय सञ्चारमाध्यमहरूले भारतीय सैनिकलाई चिनियाँ सैनिकले कुटेर मारेको बताएका थिए । 

अगस्टमा भारतले चीनलाई एक हप्ताभित्र दुई पटक सीमामा सैन्य तनाव भड्काएको आरोप लगायो । दुबै आरोपलाई चीनले अस्वीकार ग¥यो । चीनले भनेको छ, ‘सीमा अवरोध भारतको गल्ती हो ।’

भारतले चीनलाई लद्दाखको गल्वान उपत्यकामा हजारौं सेना पठाएको आरोप  लगाएको छ । चीनले आफ्नो क्षेत्रको ३८ हजार  किलोमिटर ओगटेको भनेको छ । पछिल्ला तीन दशकमा धेरै चरणका वार्ताहरू सीमा विवाद समाधान गर्न असफल भएका छन् ।

प्रतिक्रिया दिनुहोस