बार्सिलोनाको प्रशिक्षणमा फर्किए मेस्सी

एजेन्सी

मंगलबार, २३ भदौ २०७७, ०८ : ४१
बार्सिलोनाको प्रशिक्षणमा फर्किए मेस्सी

एजेन्सी । बार्सिलोनाबाट बाहिरिने घोषणा गरका लियोनल मेस्सी अन्ततः बार्सिलोनाको प्रशिक्षणमा फर्किएका छन् । उनी हिजो (सोमबार) मेस्सी सोमबार प्रशिक्षणमा फर्किएका हुन् ।

क्लबका सर्वाधिक गोलकर्ता समेत रहेका मेस्सीले क्लब छोड्न चाहेको भन्दै अगस्ट २५ मा बार्सिलोनालाई पत्र बुझाएका थिए। उनलाई भित्र्याउन इंग्लिस क्लब म्यानचेस्टर सिटीले सक्दो प्रयास पनि गरेको थियो । तर उनको रिलिज क्लबमा राखिएको ७०० मिलियन युरोको तिर्न नसक्ने भएका  कारण सफल हुन सकेन ।

मेस्सीले गोललाई दिएको अन्तर्वार्तामा बार्सिलोनाका अध्यक्षले धोका दिएको र आफूलाई अनुबन्धित गर्न तिर्नु पर्ने रकम तिर्ने हैसियत भएका क्लब नरहेकाले बार्सिलोनामै रहने निर्णय गरेको उल्लेख गरेका थिए ।

यस्तै छोराहरुका कारण पनि बार्सिलोनामै बस्ने निर्णय गरेको मेस्सीको भनाई छ । नयाँ प्रशिक्षक रोनाल्ड कोएम्यान आएपछि मेस्सी पहिलोपटक प्रशिक्षणमा सहभागी भएका हुन्।