आज दिनभरको मौसम कस्तो रहला ?

सफल खबर संवाददाता

मंगलबार, २३ भदौ २०७७, ०८ : १५
आज दिनभरको मौसम कस्तो रहला ?

काठमाडौँ । जल तथा मौसम पूवानुमान महाशाखाले मंगलबार देशभरको मौसम  केही स्थानमा सामान्य बदली भइ वर्षाको सम्भावना रहेको जनाएको छ ।

हाल देशका अधिकांश स्थानमा सामान्य बदली भइ प्रदेश १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश र प्रदेश ५ का केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको महाशाखाले जनाएको छ । मनसुनको न्यून चापीय रेखा औसत भन्दा माथि र नेपाल भन्दा दक्षिण तर्फ रहेको र स्थानिय वायुको पनि प्रभाव रहेकाले अहिले मौसम बदली भएको हो । 

मौसमविदका अनुसार प्रदेश १ , प्रदेश २, बाग्मती प्रदेश ,गण्डकी प्रदेश तथा प्रदेश ५ का केही स्थानमा भारी वर्षाको सम्भावना रहेको बताएका छन् । यस्तै राति पनि देशभर सामान्यतया बदली रही केही स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
 

प्रतिक्रिया दिनुहोस