चितवन । चितवनको भरतपुर महानगरपालिकामा कोरोना संक्रमितको संख्या ६९९ पुगेको छ । भरतपुर महानगर स्वास्थ्य शाखा प्रमुख दीपक सुवेदीका अनुसार आज दिउँसोसम्मको विवरणअनुसार भरतपुर महानगरमा ६९९ जना कोरोना संक्रमित पुगेको छ । जसमा सक्रिय संक्रमित संख्या ५८९ रहेको छ ।
स्वास्थ्य शाखा प्रमुख सुवेदीले १०२ जना कोरोना संक्रमणबाट मुक्त भएर घर फर्कन सफल भएका छन् । भरतपुर महानगरमा हालसम्म तीन हजार ४२७ जनाको स्वाब संकलन भएको छ । जसमा तीन हजार २३५ जनाको स्वाब परीक्षण गरिएको छ । भरतपुर महानगरपालिकामा आजसम्म ८ जना कोरोना संक्रमितको मृत्यु भएको छ । भरतपुर ११ नं वडामा मात्र १८ वर्षकी युवतीसहित चार जना संक्रमितको मृत्यु भएको हो ।
भरतपुर महानगरमा होम आइसोलेसनमा बस्नेको संख्या २१० रहेको स्वास्थ्य शाखाले जनाएको छ । जसमा ९७ महिला र ११३ पुरुष रहेका छन् । महानगरमा वडा क्वारेन्टिन संख्या ४८ र जम्मा वेड संख्या ६५४ रहेको छ तर हाल संचालनमा रहेका वडा क्वारेन्टिन संख्या ४ मात्र छ । हाल वडा क्वारेन्टिनमा रहेका २० जना छन् । जसमा महिला ३ पुरुष १७ छन् ।
भरतपुर महानगरले सञ्चालन गरेको बागेश्वरी आइसोलेसनमा २ जना बच्चासहित ५५ जना कोरोना संक्रमित रहेका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, २२ भदौ २०७७, १६ : २८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नोबेल अस्पतालमा उपचाररत कोरोना संक्रमित महिलाको मृत्यु
भारतमा बढ्न थाले कोरोना संक्रमित, १२ जनाको मृत्यु, ४ नयाँ भेरियन्ट पुष्टि