उपत्यकामा निषेधाज्ञा निरन्तरताको सुझाव, नाकामा सेना परिचालन गर्न माग

पत्रपत्रिकाबाट

सोमबार, २२ भदौ २०७७, ०७ : ५८
उपत्यकामा निषेधाज्ञा निरन्तरताको सुझाव, नाकामा सेना परिचालन गर्न माग

फाईल तस्वीर

काठमाडौं । उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरूले नागरिकको दैनिकीलाई थप सहजीकरण गर्दै हालको निषेधाज्ञा निरन्तर हुनुपर्ने बताएका छन् । आसन्न चाडपर्वलाई समेत दृष्टिगत गरेर निषेधाज्ञा निरन्तरता हुनुपर्ने उनीहरूको सुझाव छ । उपत्यकामा हाल जारी गरिएको निषेधाज्ञा भदौ २४ गतेसम्म कायम छ ।

प्रतिनिधिसभा शिक्षा तथा स्वास्थ्य समिति अन्तर्गतको उपसमितिको छलफलमा काठमाडौँका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले उपत्यका प्रवेशको नाका पूर्ण रूपमा ठप्प पार्न असम्भव भए पनि व्यवस्थित बनाउनुपर्ने बताए । उनले नाका ठप्प पारिए उपत्यकामा दैनिकी कष्टकर हुनेसमेत बताए । 

दाहालले नाका व्यवस्थापनमा सेना परिचालनको माग पनि गरे । नेपाल प्रहरीको अन्य पनि धेरै जिम्मेवारी रहेकाले नाका व्यवस्थापनको जिम्मेवारी सेनालाई दिन उनले आग्रह गरे । गोरखापत्रमा खबर छ ।

प्रतिक्रिया दिनुहोस