वीर अस्पताल अब कोरोना विशेष अस्पताल

सफल खबर संवाददाता

आइतबार, २१ भदौ २०७७, १७ : १८
वीर अस्पताल अब कोरोना विशेष अस्पताल

काठमाडौं । वीर अस्पताल अब कोरोना विशेष अस्पताल हुनेछ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले  वीर अस्पताललाई कोरोना अस्पताल तोकिएको बताए ।  

उक्त अस्पतालमा उपचाररत अन्य बिरामीहरुलाई राष्ट्रिय ट्रमा सेन्टरमा सारिनेछ । यसअघि उपत्यकामा कोरोना अस्पताल नै भनेर शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल तोकिएको थियो ।

प्रतिक्रिया दिनुहोस