कोरोनाबाट झापाकी ४५ वर्षीया महिलाको मृत्यु

सफल खबर संवाददाता

आइतबार, २१ भदौ २०७७, १४ : ००
कोरोनाबाट झापाकी ४५ वर्षीया महिलाको मृत्यु

काठमाडौं । कोरोनाभाइरसबाट झापाकी एक ४५ वर्षीया महिलाको मृत्यु भएको छ । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचाररत झापाको कन्काइ–३ की ती महिलाको आइतबार बिहान मृत्यु भएको हो । 

उनमा दुई दिनदेखि ज्वरो, स्वासप्रश्वासमा कठिन हुनकाु साथै निमोनिया समेत देखिएपछि भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो । यस्तै मृतक मधुमेहको रोगी समेत भएको प्रतिष्ठानका प्रवक्ता डा निदेश सापकोटाले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस