कोरोना भाइरस

भारतमा थपिए २४ घण्टामा ९० हजार ६ सय संक्रमित

एजेन्सी

आइतबार, २१ भदौ २०७७, १२ : ०६
भारतमा थपिए २४ घण्टामा ९० हजार ६ सय संक्रमित

एजेन्सी । कोरोना भाइरस (कोभिड १९) संक्रमित संख्याको आधारमा विश्वमै तेस्रो स्थानमा रहेको भारतमा बितेको २४ घण्टामा ९० हजार ६ सय संक्रमित थपिएका छन् । 

दोस्रो स्थानमा रहेको ब्राजिलमा भन्दा भारतमा ८ हजार २ सय २७ जना संक्रमित कम छन् । ब्राजिललाई उछिनेर अब छिट्टै भारत अमेरिकापछिको स्थानमा आउने आँकलन गरिएको छ ।

भारतमा कोरोना संक्रमितको आँकडामा पछिल्लो पाँच दिनमा एकपटक पनि गिरावट देखिएको छैन । शनिबार यो रेकर्ड ९० हजार पार पुगेको छ । पछिल्लो २४ घण्टामा यहाँ कूल ९० हजार ६ सय कोरोना संक्रमित भेटिएका छन् । मन्त्रालयका अनुसार यो अहिलेसम्मकै उच्च रेकर्ड हो ।

बितेको २४ घण्टामा एक हजार ६५ जनाको मृत्यु भएको छ । योसँगै भारतमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ७० हजार ६ सय २६ पुगेको छ ।

अहिलेसम्म भारतमा ४ करोड ८८ लाख ३१ हजारभन्दा धेरैको कोरोना परीक्षण गरिएको छ । जसमध्ये शनिबार मात्रै १० लाख ९२ हजार ६५४ परीक्षण गरिएको थियो ।

यस्तै ७० हजार ७२ जना संत्रमित एकै दिन  निको भएर अस्पतालबाट डिस्चार्ज भएका भारतको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ। यो पनि भारतमा एकैदिन निको हुने संक्रमितको सबैभन्दा उच्च संख्या हो । भारतमा ८ लाख ६१ हजार जना कोरोना संक्रमितको उपचार चलिरहेको छ ।

प्रतिक्रिया दिनुहोस