आज दिनभरको मौसम कस्तो रहला ?

सफल खबर संवाददाता

आइतबार, २१ भदौ २०७७, ०८ : १६
आज दिनभरको मौसम कस्तो रहला ?

काठमाडौँ । जल तथा मौसम पूर्वानुमान महाशाखाले आइतबार देशभरको मौसममा सामान्यतया बदली रहने जनाएको छ । देशका केही स्थानहरूमा वर्षाको सम्भावना रहेको मौसमविदले बताएका छन् ।

प्रदेश १, बाग्मती प्रदेश तथा गण्डकी प्रदेशका एक वा दुई स्थानमा भारी वर्षाको सम्भावना समेत रहेको बताईएको छ । आइतबार राति देशभर सामान्यतया बदली रही केही स्थानहरुमा  हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । 

साथै प्रदेश १ , प्रदेश नम्बर २, बाग्मती प्रदेश तथा गण्डकी प्रदेशका एक वा दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। अहिले बिहान प्रदेश १ र २ मा पूर्ण बदली रही बाँकी प्रदेशहरुमा आंशिक देखि सामान्य बदलीको अवस्था छ । हाल मनसुनको न्युन चापीय रेखा नेपाल भन्दा केही पर दक्षिण तर्फ अवस्थित रहेकोे महाशाखाले जनाएको छ।

प्रतिक्रिया दिनुहोस