एकैपटक तीन बालिकालाई एक पुरुषले बलात्कार गरेको आरोप

रासस

शनिबार, २० भदौ २०७७, १५ : ४१
एकैपटक तीन बालिकालाई एक पुरुषले बलात्कार गरेको आरोप

लमजुङ । एकै दिन तीन बालिकालाई बलात्कार गरेको आरोपमा क्व्होलासोंथर गाउँपालिका–३ बगुमका ४३ वर्षीय नन्दमान गुरुङलाई प्रहरीले पक्राउ गरेको छ । 

गुरुङले ११–११ वर्षीय दुईजना र नौ वर्षीया एक बालिकालाई कोही नबस्ने गरेको एक घरमा लगेर जबर्जस्ती करणी गरेको अभियोग प्रहरीले शुक्रबार पक्राउ गरेको प्रहरी नायब उपरीक्षक गङ्गाबहादुर थापाले बताए । 

Yeti Diistillery Tansen Cement box

उनले भने, “गुरुङले गत ६ गते तीन जनालाई एकै ठाउँमा बोलाएर ललाईफकाई गरी जबर्जस्ती करणी गरेको र शुक्रबार परिवारको लिखित उजुरीका आधारमा सोही दिन पक्राउ गरिएको हो । सोभन्दा अघि पनि ती बालिकामाथि पटकपटक जबर्जस्ती करणी गर्ने गरेको र परिवारलाई बालिकाले शुक्रबारमात्र जानकारी गराएपछि थाहा भएको प्रहरीले जनाएको छ । 

पक्राउ गरेलगत्तै आरोपित गुरुङलाई जिल्ला अदालतमा लगेर २० दिनको म्याद थप गरी अनुसन्धान भइरहेको उनको भनाइ छ । एघार र नौ वर्षको एउटै  परिवारको रहेको प्रहरीले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस