भ्रष्टाचारविरुद्ध आवाज उठाउँदा राप्रपा नेता पक्राउ

सफल खबर संवाददाता

शनिबार, २० भदौ २०७७, ११ : ०६
भ्रष्टाचारविरुद्ध आवाज उठाउँदा राप्रपा नेता पक्राउ

काठमाडौं । दोलखाको मैलुङ गाउँपालिकामा भएको भ्रष्टाचार र वेथितिको विरुद्धमा आवाज उठाउँदा गाउँपालिका अध्यक्षले राप्रपाका एक नेतालाई थुनाएका छन् ।  राप्रपा केन्द्रीय अध्यक्ष प्रकाशचन्द्र लोहनीले केन्द्रीय सदस्य प्रविण थोकरलाई गाउँपालिका अध्यक्षले प्रहरी लगाएर थुनाएको बताएका हुन् । 

‘थोकरको नेतृत्वमा असार २३ गते नै पालिकाको कार्यालयमा ज्ञापनपत्र बुझाइएको र सोको कार्यान्वयन नभएको सन्दर्भमा भाद्र १८ गते पुनःध्यानाकर्षणको लागि शान्तिपूर्ण तवरले गरिएको धर्ना कार्यक्रममा गापा अध्यक्षले शक्तिको आडमा प्रहरी परिचालन गरी जवरजस्ती धर्नाकारीलाई पक्राउ गरी, राजनैतिक विषयललाइ अतिरंजित गराइ थुनुवा थोकरजी लगायतलाई मुद्दा चलाइएको घटनाप्रति मेरो गम्भीर ध्यानाकर्षण भएको छ’, लोहनीले सामाजिक सञ्जालमार्फत भनेका छन् । 

भ्रष्टाचार विरोधी कार्यक्रममा सक्रियताका साथ सहभागी हुने राप्रपाको घोषित कार्यक्रम नै भएको भन्दै लोहनीले पक्राउ परेकाहरुलाई स–सम्मान रिहाइ गर्न माग गरेका छन् ।

प्रतिक्रिया दिनुहोस