एजेन्सी । फुटबलका सुपरस्टार खेलाडी लियोनल मेस्सी बार्सिलोना नछोड्ने भएका छन् । झण्डै दुई हप्ताअघि बार्सिलोनाबाट बाहिरिन बुझाएको पत्र क्लबलाई बुझाएका मेस्सीले हाल आएर आफू बार्सिलोनामै बस्ने बताएका छन् ।
गोल डटकमलाई दिएको अन्तर्वार्ताको आफूलाई बार्सिलोनाबाट किन्नका लागि तिर्नु पर्ने ७०० मिलियन युरो तिर्न कुनै पनि क्लबले नसक्ने भएको तथा आफूले जीवन दिएको अति नै माया गर्ने क्लबविरुद्ध खेल्न नचाहेकाले बार्सिलोनामै बस्ने निर्णयमा पुगेको मेस्सीले बताएका छन् ।
३३ वर्षका मेस्सीले बार्सिलोना छोड्नका लागि फ्रि ट्रान्सफरको विकल्पमा छलफल गरे पनि त्यो सम्भव नभएको हो । उनले जुन १० सम्ममा जानकारी गएको भए स्वतन्त्र मूल्यमा क्लब छोड्न पाउने थिए । गोलसँग मेस्सीले भनेका छन्, ‘मलाई लागेको थियो कि बार्सिलोना छोड्न म स्वतन्त्र छु । मैले अध्यक्षलाई भनेको थिए । उनले जहिले पनि सिजनको अन्त्यमा मैले क्लबै रहने कि नहरने भनेर निर्णय लिन सक्ने बताए जहिले पनि र उनले अहिले आफ्नो सो वचन कायम गरेनन् ।’
उनले अघि भनेका छन्, ‘अब म बार्सिलोनामै बस्ने निर्णयमा पुगेको छु किनकी अध्यक्षले मलाई भने कि–क्लब छोड्नका लागि एक मात्र उपाय ७०० मिलियन युरो तिर्नु हो । र त्यो असम्भव छ ।’ बार्सिलोनासँगको मेस्सीको हालको सम्झौता आउँदो सिजन सकिने छ । मेस्सीले भनेका छन्, ‘म स्वतन्त्र मूल्यमा बाहिरिनका लागि जुन १० मा भन्नु पर्ने रहेछ, र उनीहरु मैले त्यो बेला किन भनिन भनेका छन् । तर अहिलेको कोरोना भाइरसको महामारीका बेला ला लिगा लगभग मध्यतिर मात्रै थियो ।’
‘क्लबबाट बाहिरिने अर्को उपाय अदालती प्रक्रिया पनि हो । तर म कहिल्यै पनि बार्सिलोनाविरुद्ध अदालत जाने छैन, मैले माया गरेको क्लब हो, जसलाई मैले आएदेखि आफ्नो सबचिज दिएको छु ।’ ‘यो मेरो जीवनको क्लब हो, मैले यहिँ मेरो जीवन बनाएँ ।’
मेस्सीले क्लब छोड्ने बताएपछि उनलाई भित्र्याउने होडमा इंग्लिस क्लब म्यानचेस्टर सिटी सबैभन्दा अघि देखिएको थियो । मेस्सीले आफूलाई अझै पनि माथिल्लो तहमा खेल्ने, उपाधि जित्ने र च्याम्पियन्स लिगमा खेल्ने मन रहेको बताएका छन् ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
शनिबार, २० भदौ २०७७, १० : १५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
भारत आइपुगे मेस्सी
एमएसएलमा मेस्सीलाई गोल्डेन बुट
क्लब विश्वकप: मेस्सीको गोलमा मियामीको पहिलो जित