आज दिनभरको मौसम कस्तो रहला ?

सफल खबर संवाददाता

शनिबार, २० भदौ २०७७, ०८ : ३१
आज दिनभरको मौसम कस्तो रहला ?

काठमाडौँ । जल तथा मौसम पूर्वानुमान महाशाखाले शनिबार  देशभरको मौसम  सामान्यतया बदली भइ केही स्थानमा वर्षाको हुनसक्ने जनाएको छ ।
अहिले प्रदेश १ र सुदूरपश्चिम प्रदेशमा पूर्णतया बलदी भई बाँकी प्रदेशहरुमा आंशिकदेखि सामान्यतया बदलीको आवस्था रहेको छ। प्रदेश १, बाग्मती प्रदेश, गण्डकी प्रदेश, प्रदेश ५ र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरुमा हल्का वर्षा भइरहेको छ ।

मौसमविदका अनुसार मनसुनको न्यून चापीय रेखा नेपाल भन्दा केही पर दक्षिण तर्फ रहेकाले मनसुनी गतिविधि हाल केही कमजोर भएको छ । शनिबार दिउँसो देशभर सामान्यतया बदली रही केही स्थानमा मेघगर्जन र चट्याङ्गसहित मध्यम वर्षाको सम्भावना रहेको मौसमविदले बताएका छन् । प्रदेश १, बाग्मती प्रदेश र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको छ ।

प्रतिक्रिया दिनुहोस