काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरीराजमणी पोखरेलले यो वर्ष पूरै पाठ्यक्रम पढाइ नहुने बताएका छन् । नोवेल कोरोना भाइरसले गर्दा यो वर्षको पाठ्यक्रमको महत्वपूर्ण विषयमात्र पढाइ हुने बताए ।
शैक्षिक सत्रको साढे चार महिना बितीसकेकाले पाठ्यक्रममा अत्यावश्यक बाहेकका विषयवस्तु पढ्न नपर्ने उनले शुक्रबार राजधानीमा आयोजित कार्यक्रममा भने, ‘अत्यावश्यक कुरा मात्रै राखेर पाठ्यक्रम बनाउन विषयगत टोलीहरूले कार्य प्रारम्भ गरिसकेका छौँ ।’
मन्त्री पोखरेलले विद्यार्थी विद्यालयसम्म जाने अवस्था नरहेकाले शिक्षक नै विद्यार्थीसम्म पुग्नुको विकल्प नरहेको बताए । उनले भने, ‘विद्यार्थीहरूले घरमै बसेर पुस्तक अध्ययन गर्ने, शिक्षकले दिएका परियोजना कार्य गर्ने, गृहकार्य गर्ने, रेडियो सुन्ने, टेलिभिजन हेर्ने, इन्टरनेटका सामग्री अध्ययन गर्ने, अनलाइन कक्षा लिने मध्ये कुन कुन विकल्प अपनाउन सकिन्छ, सोही विकल्प अपनाएर अध्ययनलाई अघि बढाउनु पर्दछ ।’ घर नै शिक्षालय भन्ने मान्यतालाई सबैले आत्मसात गर्नुपर्ने उनको भनाइ छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, १९ भदौ २०७७, १७ : ३०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
एउटै विद्यालयमा एकपटक भर्ना भएपछि पटक-पटक भर्ना शुल्क लिन नपाइने
शैक्षिक सत्रअघि भर्ना नगर्न र अतिरिक्त शुल्क नउठाउन निर्देशन
ब्रिज कोर्समा रोक: २४ घन्टामै निर्णय सच्याउँदै शिक्षा मन्त्रालय पछि हट्यो
चितवनमा अनुमति नलिएका कन्सल्टेन्सी र म्यानपावर संस्थालाई १५ दिनभित्र बन्द गर्न निर्देशन !
विदेशी शिक्षामा बेथिति : आफैँले दिएको अनुमति रद्द गराउँदै मन्त्रालय
अत्याधिक चिसो बढेपछि भरतपुरका विधालय तथा कलेज एक दिनका लागि बन्द