चितवन । चितवनमा थप १८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । भरतपुर कोभिड १९ प्रयोगशालामा गरिएको परिक्षणमा १७ जना चितवनका सहित १८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
प्रयोगशालाले दिएको जानकारी अनुसार ३०२ वटा नमुनाको परिक्षणमा १८ जनामा संक्रमण देखिएको हो ।
भरतपुर महानगरपालिका १४ जनामा कोरोना पुष्टि भएको हो भने खैरेनी नगरपलिका ३ जनामा कोरोना संक्रमण पुष्टि भएको भरतपुर अस्पतालले जनाएको छ ।
यस्तै रौतहट मा १ जनामा कोरोना संक्रमण पुष्टि भएको भरतपुर अस्पतालले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, १९ भदौ २०७७, ०७ : २६
लेखकबाट थप