चितवनमा थप १८ जनामा कोरोना संक्रमण पुष्टि

सफल खबर संवाददाता

शुक्रबार, १९ भदौ २०७७, ०७ : २६
चितवनमा थप १८ जनामा कोरोना संक्रमण पुष्टि

चितवन । चितवनमा थप १८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । भरतपुर कोभिड १९ प्रयोगशालामा गरिएको परिक्षणमा १७ जना चितवनका सहित १८  जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

प्रयोगशालाले दिएको जानकारी अनुसार  ३०२ वटा नमुनाको परिक्षणमा १८ जनामा संक्रमण देखिएको हो । 

भरतपुर महानगरपालिका १४  जनामा कोरोना पुष्टि भएको हो भने खैरेनी  नगरपलिका ३ जनामा कोरोना संक्रमण पुष्टि भएको भरतपुर अस्पतालले जनाएको छ ।

यस्तै  रौतहट मा १ जनामा कोरोना संक्रमण पुष्टि भएको भरतपुर अस्पतालले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस