ललितपुरमा आज बिहानदेखि कर्फ्यू, आदेश उल्लंघन गरे गोली हान्‍ने

सफल खबर संवाददाता

शुक्रबार, १९ भदौ २०७७, ०७ : १५
ललितपुरमा आज बिहानदेखि कर्फ्यू, आदेश उल्लंघन गरे गोली हान्‍ने

काठमाडौं । ललितपुरको चक्रपथ क्षेत्रभित्र कर्फ्यू आदेश जारी गरेको छ ।  ललितपुर पुल्चोकमा कोरोनाको महामारीका बीच निषेधाज्ञा उलंघन गरी स्थानीयले मछिन्द्रनाथको रथ तान्न थालेपछि  प्रहरी र स्थानीयबीच झडप भएपछि शुक्रबार राति १० बजेसम्मका लागि कर्फ्यु जारी गरिएको हो ।

 जिल्ला प्रशासन कार्यालय ललितपुरले शुक्रबार बिहान ४ बजेदेखि राति १० बजेसम्म कर्फ्यू आदेश जारी गरेको हो ।

कर्फ्यू आदेश जारी भएको क्षेत्रभित्र भेला हुन, जुलुश गर्ने जस्ता कार्य गर्न निषेध गरिएको छ भने यदि सोको अवज्ञा गरी कोही घरबाहिर निस्केमा गोलीसमेत हान्न सक्ने प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्टले जारी गरेको सूचनामा उल्लेख छ । 

प्रतिक्रिया दिनुहोस