खुकुलो बन्दै कर्फ्यू, बढ्यो चहलपहल

सफल खबर संवाददाता

विहीबार, २६ भदौ २०८२, ११ : ०५
खुकुलो बन्दै कर्फ्यू, बढ्यो चहलपहल

काठमाडौँ । नेपाली सेनाले निषेधाज्ञा र कर्फ्यू खुकुलो बनाएसँगै सडक तथा पसलहरूमा चहलपहल बढेको छ । हिजोको तुलनामा आज बिहान चहलपहल बढेको हो ।

नेपाली सेनाले जारी गरेको सूचना अनुसार आज भदौ २६ गते बिहान १० बजेसम्म कफ्र्यु खुला गरिएको छ । अहिले सवारी साधनहरू निर्बाध चलिरहेका छन् । अत्यावश्यक कामका लागि बाहिर निस्किनेहरूको संख्या बढेको छ ।

आज बिहान १० बजेदेखि बेलुकी ५ बजेसम्म भने फेरि कफ्र्यु लगाइने नेपाली सेनाले जारी गरेको सूचनामा उल्लेख छ । त्यसपछि दुई घण्टा पुनः कफ्र्यु खुला हुनेछ । आज बेलुकी ७ बजेदेखि २७ गते बिहान ६ बजेसम्म पुनः कफ्र्यु लागू हुने नेपाली सेनाले जनाएको छ ।

भ्रष्टाचार र सामाजिक सञ्जाल प्रतिबन्धविरुद्ध युवाहरूले गरेको प्रदर्शनमा १९ जनाको ज्यान गएको थियो ।

प्रतिक्रिया दिनुहोस