सितापाइलामा २४ जनाले गरे रक्तदान

सफल खबर संवाददाता

विहीबार, १८ भदौ २०७७, १६ : ३६
सितापाइलामा २४ जनाले गरे रक्तदान

काठमाडौँ । नेपाल हेभिईक्युमेन्ट महासंघका अध्यक्ष ताराबहादुर कुँवरको आयोजनामा राजधानीमा रक्तदान कार्यक्रम संचालन गरिएको छ । 

काठमाडौंको सितापाइलामा गरिएको कार्यक्रममा २४ जनाले रक्तदान गरेका थिए । प्रत्येक साताको एक दिन ‘रक्तदान जीवनदान’ भन्ने नारासहित विभिन्न संस्थाहरुको सहकार्यमा हुँदै आएको रक्तदान कार्यक्रम यो साताको बुधबार सम्पन्न भएको हो ।

रक्तदान कार्यक्रममा सहभागी काभ्रे भुम्लु गाउँपालिकाका अध्यक्ष गुमानध्वज कुँवरले कोरोनाले रगत अभाव भइरहेको अवस्थामा यस्तो रक्तदा अभियानले रगत संकटको समस्यालाई हल गर्न मदत पुग्ने बताए । यस्ता सामाजिक कार्यमा सरिक हुन पनि उनले सबैलाई आग्रह गरे ।

 अहिलेको असहज अवस्थाले गर्दा रक्तदान कार्यक्रमहरु पनि निकै कम मात्रामा भएको छ । त्यसले गर्दा देशभरका हस्पिटलहरुमा रगतको चरम अभाव छ । यो अभावलाई पूर्ति गर्न रक्तदान कार्यक्रमलाई आगामी दिनमा पनि अभियान कै रुपमा संचालन गर्ने महासंघका अध्यक्ष कुँबरले बताए ।

काठमाडौंको चक्रपथ सरसफाई अभियानका अभियान्ता समेत रहेका व्यवसायी कुँंवरले विभिन्न चरणमा कोरोनाको संक्रमण नियन्त्रणका लागि गरिएको लकडाउनका कारण समस्यामा परेकाहरुलाई राहत पनि वितरण गर्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस