बुढेसकालमा यो कस्तो माया ? ७० वर्षीय वृद्धले भित्र्याए ५५ वर्षीया दुलही

एजेन्सी

विहीबार, १८ भदौ २०७७, ११ : ३८
बुढेसकालमा यो कस्तो माया ? ७० वर्षीय वृद्धले भित्र्याए ५५ वर्षीया दुलही

प्रतिकात्मक फोटो

एजेन्सी । माया गर्ने उमेर कुन होला ? मानिसहरुले सोच्छन् मस्त जवानीमा । तर बुढेसकालमा पनि माया बस्दोरहेछ, अनि हुँदोरहेछ बिहे ।

यो कुरा भारतको मध्यप्रेदशको एक जोडीले प्रमाणित गरिदिएको छ । यहाँका एक वृद्ध अस्पतालमा उपचार गर्न गएका थिए । उपचार गर्न गएका ती वृद्धलाई त्यहाँ एक वृद्धासँग माया बस्यो । यी दुईबीचको प्रेम देखेर उनीहरुका सन्तानले विवाह गरिदिए । दुलहाको उमेर ७० वर्ष छ भने दुलहीको ५५ वर्ष ।

७० वर्षका ओमबार सिंह जिल्ला अस्पतालमा भर्ना थिए । त्यतिबेला उनको भेट ५५ वर्षकी गुड्डीबाईसँग भयो । तीन दिनपछि दुबैजना एक महत्वपूर्ण निर्णयमा पुगे ।

ओमकार सिंहका चार सन्तान छन् । उनले गुड्डीबाईलाई टेम्पो चढाएर घर लगे । उनले आफ्ना सन्तानलाई गुड्डीबाईसँग बस्ने इच्छा व्यक्त गरे । त्यसपछि स्थानीय र ओमकार सिंहका छोरा, बुहारीले उनीहरुको विवाह गर्ने निर्णय लिए । ३ वर्षअघि ओमकारकी श्रीमतीको मृत्यु भएको थियो । (नवभारत टाइम्स)

प्रतिक्रिया दिनुहोस