एजेन्सी । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको ट्वीटर अकाउन्ट ह्याक भएको छ। व्यक्तिगत वेबसाइटसँग जोडिएको उनको ट्वीटर अकाउन्ट बिहीबार बिहान ह्याक भएको जनाईएको छ ।
ह्याकरले मोदीको अकाउन्टबाट क्रिप्टोकरेन्सीसँग सम्बन्धित श्रृंखलाबद्ध ट्वीट गरेका छन्। ट्वीटमा भारतले क्रिप्टोकरेन्सी सुरुवात गरेकाले त्यसमार्फत् दान गर्न भनिएको छ। ट्वीटरमा भनिएको छ– ‘अहिले भारतले क्रिप्टोकरेन्सी सुरु गरेको छ । कोभिड–१९ का लागि म तपाई सबैसँग प्रधानमन्त्री राष्ट्रिय राहत कोषलाई यसमार्फत् दान गर्न अपील गर्दछु।’
भेरिफाई भएको उक्त अकाउन्टमा २५ लाख फलोअर रहेका छन्। प्रधानमन्त्री मोदीको ट्वीटर ह्याक भएकोबारे अनुसन्धान भइरहेको ट्वीटरले जनाएको बीबीसीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस
रासस
विहीबार, १८ भदौ २०७७, ११ : ०७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
मोदी र ट्रम्पबीच टेलिफोन वार्ता, के भयो कुराकानी ?
नयाँ सरकारसँग सहकार्य गर्न तयार छौँ : नरेन्द्र मोदी
मोदी बने इन्स्टाग्राममा १० करोड फलोअर्स पार गर्ने पहिलो नेता
पुटिनलाई मोदीले दिए ‘गीता’ उपहार
मोदीले पुटिनलाई दिए जन्मदिनको शुभकामना
गाजामा युद्धविराम गर्ने ट्रम्पको प्रस्तावलाई मोदीले गरे स्वागत