चिनियाँ सैनिकसँग भएको झडपमा एकजना भारतीय सैनिकको मृत्यु

रासस

बुधबार, १७ भदौ २०७७, १५ : १५
चिनियाँ सैनिकसँग भएको झडपमा एकजना भारतीय सैनिकको मृत्यु


एजेन्सी । लद्दाखको दक्षिणी प्याङ्गोङको विवादीत क्षेत्रमा चिनियाँ सैनिकसँग भएको झडपमा एक जना भारतीय सैनिक मारिएका छन् भने एक जना घाइते भएका छन् ।

मिडिया रिपोर्टका अनुसार मारिएका जवान तिब्बती मूलका थिए र स्पेशल फ्रन्टियर फोर्स (एसएफएफ) मा तैनाथ थिए । यसबारे भारतीय सेनाको आधिकारिक बयान भने आएको छैन । चीनले पनि यसबारे केही औपचारिक जानकारी दिएको छैन ।

२९–३० अगस्तको राति चीनका करिब ५ सय सैनिकले एक पहाडमा कब्जा जमाउने प्रयास गर्दा भारतीय सेनासँग झडप भएको मिडिया रिपोर्टमा भनिएको छ ।

यसअघि गत ५ जुनमा लद्दाखको गलवानमा भारतीय र चिनियाँ सैनिकबीच हिंस्रक झडप भएको थियो । यसमा भारतका २० जना सैनिक मारिएका थिए । चीनतर्फ कति हताहत भए भन्ने अझै खुलेको छैन ।

तिब्बती संसदका निर्वासित सदस्य नामग्याल डोलकर अघियारीले मंगलबार एएफपी समाचार एजेन्सीसँग कुरा गर्दै तिब्बती मूलका एक सैनिक शहीद भएको जानकारी दिए । उनले एक सैनिक घाइते भएको पनि बताए ।

Paying respect to Officer Coy Ldr Nyima Tenzin of Vikas Regiment of Special Frontier Force, Indian Army who martyred on Aug 30 defending India against intruding Chinese PLA near Pangong Tso, India. He offered 33 yrs of service.#tibetansforindia #indotibetanborder #tibetanarmy pic.twitter.com/1ByKwLPDkx — Lhagyari Namdol (@Lhagyari_Namdol) September 1, 2020

प्रतिक्रिया दिनुहोस