दमौली । दमौली पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–२ ऐना पहरा नजीकबाट आज बिहान मस्र्याङ्दी नदीमा खसेको मिनी ट्रकको खोजी शुरु गरिएको छ । सशस्त्र प्रहरी टोलीले नदीमा खसेको मिनी ट्रकको खोजी शुरु गरेको हो ।
जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी उपरीक्षक अरुण पौडेलले पोखराबाट मुग्लिङतर्फ जाँदै गरेको उक्त ट्रक सडकको डिभाइडर भाँचेर नदीमा खसेको जानकारी दिए ।
“सशस्त्र प्रहरीको गोताखोर टोलीले खोजी शुरु गरिसकेको छ, केही बेरमा थप विवरण आउँछ ।” प्रहरी उपरीक्षक पौडेलका अनुसार सिसिटिभी फुटेजमा बिहानको दृश्य हेर्दा पोखराबाट आउँदै गरेको मिनी ट्रक बाटामा देखिएको थियो ।


प्रतिक्रिया दिनुहोस
रासस
बुधबार, १७ भदौ २०७७, १३ : ४०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
गिरिबन्धु टि-स्टेट नजिक मोटरसाइकल दुर्घटना हुँदा २ जनाको मृत्यु
दार्चुलामा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु
रुपन्देहीमा सवारी दुर्घटना, दुई जनाको मृत्यु
रौतहटमा ट्रक र कार ठोक्किँदा वृद्धको मृत्यु, दुई जना घाइते
काठमाडौं आउँदै गरेको बस दाङमा दुर्घटना, २२ यात्रु घाइते
उदयपुरमा मोटरसाइकल दुर्घटना, एक जनाको मृत्यु