एजेन्सी । सीमा विवादलाई लिएर भिडन्तको अवस्था आए भारतले सन् १९६२ को भन्दा ठूलो क्षति बेहोर्नु पर्ने चेतावनी चिनियाँ पक्षले दिएको छ ।
चीनको सरकारी पत्रिका ग्लोबल टाइम्सले आफ्नो सम्पादकीयमा लेखेको छ, ‘यदी भारत सैन्य भिडन्त चाहन्छ भने चीनको पिपुल्स लिबरेशन आर्मी भारतीय सैनिकलाई सन् १९६२ को भन्दा कयौँ गुणा बढी नोक्सानी पुर्याउने छ ।’
चीनको मुखपत्र ग्लोबल टाइम्सको सम्पादकीय भारतको अंग्रेजी पत्रिका टाइम्स अफ इन्डियाले पनि प्रकाशित गरेको छ ।
भारत र चीनबीच पूर्व लद्दाखको सीमा क्षेत्रमा पछिल्लो समय देखिएको विवादका बीच ग्लोबल टाइम्सको सम्पादकीयमार्फत चिनको चेतावनी आएको हो ।
गएको हप्ता ग्लोबल टाइम्सले एक सर्वेक्षणलाई उदृत गरी ९० प्रतिशत चिनियाँ भारतविरुद्ध कारवाहीको पक्षमा रहेको उल्लेख गरेको थियो ।
ग्लोबल टाइम्सले आफ्नो सम्पादकीयमा लेखेको छ, ‘चीन भारत भन्दा धेरै गुणा शक्तिशाली छ र भारत चीनको सामना गर्न आएमा टिक्ने छैन । हामीलाई भारतको यो भ्रम तोड्नु पर्छ कि उ अमेरिका जस्तो शक्तिसँग गठबन्धन गरेर चीनको सामना गर्न सक्नेछ ।’
भारत–चीन सीमाका विषयमा भारत अवसरवादी रहेको आरोप पनि ग्लोबल टाइम्सको सम्पादकीयमा उल्लेख छ । समस्याको समाधान शान्तिपूर्ण रुपमा हुनु पर्ने भए पनि भारतको अवसरवादका कारण त्रास बढाउने गरेको उल्लेख छ ।
सन् १९६२ मा भारत र चीनबिच सीमालाई लिएर युद्ध भएको थियो । दुई देशबिच भएको सो पहिलो भिडन्तमा भारतले ठूलो क्षति बेहोरेको थियो ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
बुधबार, १७ भदौ २०७७, १२ : ५१
लेखकबाट थप