वीरगन्जमा गरिएको परिक्षणमा थप ६४ जनामा कोरोना संक्रमण पुष्टि

रासस

बुधबार, १७ भदौ २०७७, १२ : १३
वीरगन्जमा गरिएको परिक्षणमा थप ६४ जनामा कोरोना संक्रमण पुष्टि

वीरगन्ज । वीरगन्जमा गरिएको कोरोना परिक्षणमा थप ६४ जनाका संक्रमण पुष्टि भएको छ ।  वीरगन्जको नारायणी अस्पतालको प्रयोगशालामा मंगलबार गरिएको परीक्षणमा बाराका ५० र पर्साका १३ जना गरि थप ६४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । 

प्रयोगशालाका अनुसार ४ सय ९० जनाको स्वाब परीक्षण गर्दा २८ महिलासहित ५ वर्षदेखि ७० वर्ष उमेर–समूहका ६४ जनामा कोरोना संक्रमण पुष्टि देखिएको हो ।  पर्साको बहुदरमाई नगरपालिकामा थप ८ जना संक्रमित थपिएका छन् ।

वीरगन्ज महानगरपालिका–४ बिर्तामा २ जना, मुर्लीमा एक जना र वडा १८ मा एक जनामा कोरोना पोजिटिभ देखिएको छ । यसै गरि कलैया उपमहानगरपालिकाका ४५ जनामा कोरोना पुष्टि भएको छ । 

प्रतिक्रिया दिनुहोस