जुम्लामा कैदीबन्दीसहित थप जना ३९ कोरोना सङ्क्रमित

रासस

बुधबार, १७ भदौ २०७७, ०९ : ०८
जुम्लामा कैदीबन्दीसहित थप जना ३९ कोरोना सङ्क्रमित

जुम्ला । जुम्लाको कोरोना सङ्क्रमितको सङ्ख्या पछिल्लो समयमा बढ्दो अवस्थामा रहेको छ । समुदायमा कोरोना भाइरस फैलिएपछि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालमा परीक्षण गर्दा थप ३९ जनामा सङ्क्रमण देखिएको हो ।

जिल्लाभर स्थानीय तहमा स्वाब परीक्षण गर्ने क्रममा चन्दननाथ नगरपालिकामा १६, जिल्ला कारागार जुम्लामा १० र नेपाल विद्युत् प्राधिकरण जुम्लाका चार कर्मचारीमा कोरोना सङ्क्रमण देखिएको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका अस्पताल निर्देशक डा. मङ्गल रावलले बताए ।

त्यसैगरी तिला गाउँपालिकामा दुई, तातोपानी गाउँपालिकामा दुई, सिञ्जा गाउँपालिकामा एक, पातारासी गाउँपालिकामा एक, कनकासुन्दरी गाउँपालिमा एक, पेस नेपालका कर्मचारी एक, कृषि कार्यालयका एक गरी ३९ जनामा कोरोना सङ्क्रमण देखिएको हो । थप ३९ सहित सक्रिय सङ्क्रमितको सङ्ख्या जुम्लामा ८७ पुगेको छ ।

डा. रावलले भने, “धेरैजसो जुम्लाको चन्दननाथमा स्थायी ठेगाना र बसोबास गरिरहेका व्यक्तिहरु रहेकाले यहाँको सदरमुकाम खलङ्गा उच्च जोखिममा रहेको छ ।” कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको आइसोलेसनमा रहेका ११ र हिमा गाउँपालिकाको आइसोलेसनमा रहेका २१ गरी ३२ जना डिस्चार्ज भएका छन् । जुम्लामा कोरोना सङ्क्रमित निको हुनेको सङ्ख्या १४१ पुगेको छ । 

    

प्रतिक्रिया दिनुहोस