रौतहट । रौतहटका एक युवकको सीमावर्ती भारतीय क्षेत्रमा हत्या भएको छ । प्रहरीका अनुसार रौतहटको इशनाथ नगरपालिका–७ का ३५ वर्षीय दिनदयाल साहको गोली हानी हत्या भएको हो ।
जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता डीएसपी भरत श्रेष्ठका अनुसार, सीमावर्ती भारत बिहार घोडाशहन क्षेत्रमा साहको कन्चटमा गोली हानी हत्या भएको हो ।
मृतकको शव भारत मोतिहारी अस्पतालमा पोष्टमार्टमका लागि भारतीय प्रहरीको सहयोगमा लगिएको छ । प्रहरीका अनुसार, हत्याको कारण भन्ने खुल्न सकेको छैन । भारतीय क्षेत्रमा नेपाली नागरिकको हत्याबारे सत्यतथ्य छानबिन गरी दोषीलाई कारबाही गर्न पीडित परिवारले माग गरेका छन् ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, १६ भदौ २०७७, १२ : २५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कैँची प्रहार गरि महिलाको हत्या अभियोगमा एक किशोर पक्राउ
कैलालीमा श्रीमतीको हत्यापछि श्रीमानले आफैँलाई गोली हाने
एक सातापछि पनि सत्य बाहिर आएन: इनिसा विकको हत्या प्रकरणमा पीडा र प्रश्नहरू बढ्दै
ट्युसन पढ्न गएकी बालिकाको बलात्कारपछि हत्या
धनगढीमा श्रीमतीको हत्या गरी श्रीमान् फरार
जनकपुरमा २० वर्षीय युवकको बीभत्स हत्या