सरकार रोक्दै, डा. केसी बिरामी जाँच्दै

पत्रपत्रिकाबाट

मंगलबार, १६ भदौ २०७७, ०८ : २२
सरकार रोक्दै, डा. केसी बिरामी जाँच्दै

फाइल तस्विर

काठमाडौं । भदौ १० गते प्रहरीको उच्च निगरानीका साथ एक साता सत्याग्रह स्थगित गरेका डा. गोविन्द केसी ११ गते विशेषज्ञ स्वास्थ्य सेवा दिन भन्दै गुठिचौर गाउँपालिकाको स्वास्थ्यचौकीमा पुगे । झोलामा औषधि उपचारका सामग्री लिएर साढे १० बजे स्वास्थ्यचौकी पुगेका थिए ।  

स्वास्थ्यकर्मी र डा. केसीबीच सञ्चो बिसञ्चोको आदान प्रदान भयो। नामी डाक्टरको उपस्थितिले स्थानीय निकै उत्साहित थिए । एकजना औंलामा चोट लागेकी महिलाको उपचार गर्न डा. केसी जब तयार भए तब स्वास्थ्यचौकी इन्चार्जले सुनाए, ‘डाक्टरसाब डा. केसी आउँदैछन्, काम गर्न नदिनु भन्ने आदेश छ। हामी अन्यौलमा पर्यौं ।’  

त्यसपछि एक घण्टा पनि नबसेर सदरमुकाम खलंगातिर फर्किए। स्वास्थ्यचौकीमा रहँदासम्म डा. केसीले कोरानाबाट बच्न अनिवार्य मास्क लगाउन, साबुनपानीले हात धुन र सामाजिक दूरी कायम गर्न सुझाइरहेका थिए ।

डा. केसी भन्छन्, ‘त्यो दिन जिन्दगीकै पहिलोपटक निरास भए। तर जनताको स्वास्थ्य सेवा गर्नको लागि हिम्मत हारेको छैन् ।’ होटलबाट सुरक्षाकर्मीको उच्च निरानीका साथ उनी गाउँमा गएका थिए । गोलघरमा बिरामी टन्न थिए। मास्कको प्रयोग भएको थिए । दूरी कायमको त कुरै छाडौँ, स्वास्थ्यकर्मीले समेत जनस्वास्थ्य तथा सुरक्षा मापदण्डको कुनै पालना गरेका थिएनन् । नजिकैको सुरक्षाकर्मीले पनि कुनै मापदण्डको पालना गरेका थिएनन्,’ डा. केसीले भने, ‘मापदण्डको कार्यन्वयन गर्ने तपाईंहरू नै लापरबाही गर्नुहुन्छ ? कसरी कोरोना संक्रमण हट्छ ।’

जुम्लाको एक गाउँपालिकामा काम गर्न नदिएर निरास मनकासाथ खलंगा फर्किएका डा. केसीको मन जनताको सेवा गर्नबाट पछि हटेन । उनी अर्को दिन पातारासी गाउँपालिकाको उर्थुको स्वास्थ्यचौकीमा तीन दिन बसेर विशेषज्ञ सेवा दिए । डा. केसी स्वास्थ्यचौकीमा पुग्दा स्वास्थ्यकर्मी उत्साहित थिए । जनता विशेषज्ञ स्वास्थ्य सेवा गाउँमै पाउँदा दंग थिए । नागरिक दैनिकमा खबर छ । 

प्रतिक्रिया दिनुहोस