अबको ४२ दिनमा अक्सफोर्डको भ्याक्सिन तयार हुने

एजेन्सी

सोमबार, १५ भदौ २०७७, १६ : २४
अबको ४२ दिनमा अक्सफोर्डको भ्याक्सिन तयार हुने

काठमाडौं। अबको ४२ दिनमा अक्सफोर्डको भ्याक्सिन तयार हुने बताइएको छ । बेलायतले अबको ६ हप्ता अर्थात् ४२ दिनमा अक्सफोर्डको भ्याक्सिन तयार हुने बताएको हो।

भ्याक्सिन तयार भएर सरकारी मञ्जुरी लिनका लागि कानुन परिवर्तनको तयारी समेत गरिएको छ। अधिकांशले अक्सफोर्डको भ्याक्सिनलाई विश्वासको नजरले हेरिरहेका छन्।

अक्सफोर्डका वैज्ञानिकले भ्याक्सिन सफलताको तथ्य सार्वजनिक गरेपछि गम्भीर अवस्थामा पुगेका कोरोनाका विरामीलाई उपलब्ध गराइने बताइएको छ। अक्सफोर्ड युनिभर्सिटी र इम्पेरियल कलेजका वैज्ञानिक भ्याक्सिन निर्माणको अन्तिम चरणमा पुगेका छन्। 

अहिलेसम्मको संकेतले क्रिसमसअघि भ्याक्सिन उपलब्ध हुने र नागरिकलाई खोप लगाउन सकिने अवस्था देखिन्छ ।प्रारम्भमा भ्याक्सिन ६५ वर्ष हाराहारीका मानिसलाई दिइने छ। विरामी, अग्रपंक्तिका स्वास्थ्यकर्मी र सामाजिक कार्यकर्तालाई प्राथमिकता दिइनेछ । 

उता, चीनले पनि आफ्ना नागरिकलाई भ्याक्सिन लगाउन थालिसकेको छ। चीनको राष्ट्रिय स्वास्थ्य आयोगले शनिबार खुलासा गर्‍यो, उसले आफ्ना नागरिकलाई जुलाई २२ देखि नै भ्याक्सिनको डोज दिन थालिसकेको हो। आयोगले भ्याक्सिनको क्लिनिकल ट्रायल तथा कस्ता मानिसलाई यो खोप लगाएको भन्नेबारे केही बताएको छैन। तर आयोगले भ्याक्सिनले मानिसलाई कुनै नराम्रो असर भने नगरेको बताएको छ।
 

प्रतिक्रिया दिनुहोस