सुनचाँदीको मूल्यमा सामान्य वृद्धि

सफल खबर संवाददाता

सोमबार, १५ भदौ २०७७, १२ : २९
सुनचाँदीको मूल्यमा सामान्य वृद्धि

काठमाडौं । सोमबार सुनचाँदीको मूल्यमा सामान्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुनको मूल्य ९७ हजार ५०० रुपैयाँ रहेको छ । 

यसअघि आइतबार सुनको मूल्य ९७ हजार २०० रुपैयाँ रहेको थियो । यस्तै आज तेजावी सुन तोलामा ९७ हजार रुपैयाँ रहेको छ । 

यस्तै आज चाँदीको मूल्य पनि समान्य वृद्धि भएको छ । आइतबार तोलामा १३ सय ४० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य सोमबार बढेर १३ सय ६५ रुपैयाँमा कारोबार भएको हो ।

प्रतिक्रिया दिनुहोस