चितवन । भरतपुर–८ मा माछा पोखरीमा करेन्ट लागेर स्थानीय दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय ३५ वर्षीय नवराज दराई र निरब राना रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय चिवतनका प्रवक्ता प्रहरी नायब उपरीक्षक सूर्यबहादुर थापाका अनुसार आईतबार रातिको समयमा करेन्ट लागेर उनीहरुको मृत्यु भएको हो ।
पोखरी भाडामा लिएर माछा पाल्नेहरुले माछा चोरी भएपछि छोडेको बिद्युतीय तारबारमा उनीहरुलाई करेन्ट लागेको थापाले जानकारी दिए । मृतकहरुको साथमा जालसमेत रहेको प्रहरीले जनाएको छ । घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको उनले बताए ।
प्रतिक्रिया दिनुहोस
रासस
सोमबार, १५ भदौ २०७७, ०९ : ५०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
मोबाइल फोनको चार्जर छुटाउँदा करेन्ट लागेर मृत्यु
करेन्ट लागेर युवकको मृत्यु
करेन्ट लागेर एक जनाको मृत्यु
धुर्कोटमा करेन्ट लागेर एक जनाको मृत्यु
रौतहटमा करेन्ट लागेर युवकको मृत्यु
धनुषामा करेन्ट लागेर एक जनाको मृत्यु