काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रदेश नं ५ को पूर्वाधार विकास कार्यालयका एक सिनियर डिभिजन इञ्जिनीयरलाई आज मन्त्रालय परिसरबाट रकमसहित पक्राउ गरेको छ ।
आयोगको बुटवलस्थित कार्यालयबाट खटिएको टोलीले प्रदेश नं ५ भौतिक पूर्वाधार विकास मन्त्रालय परिसरबाट सोही मन्त्रालय, बाँके जिल्लास्थित पूर्वाधार कार्यालयका इञ्जिनीयर मनिषकुमार अर्याललाई स्रोत नखुलेको भनिएको रु पाँच लाख ३० हजारसहित पक्राउ गरेको आयोगका सूचना अधिकारी सुरेश भुसालले जानकारी दिनुभयो ।
उनलाई आज अपराह्न ४.३० बजे कार्यालय समय सकिनै लाग्दा सवारी साधनबाट मन्त्रालयबाट बाहिर निस्कने क्रममा पक्राउ गरिएकोे बताइएको छ ।

प्रतिक्रिया दिनुहोस
रासस
आइतबार, १४ भदौ २०७७, २० : १०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
गैरकानुनी रूपमा एक करोड बढी आर्जन गर्ने नापी अधिकृतविरुद्धको मुद्दा सर्वोच्चमा पुनरावेदन
भ्रष्टाचारजन्य कसुरमा मुद्दा दायरको संख्या तेब्बरले वृद्धि
घुससहित पक्राउ परेका अधिकृत र बिचौलियाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
निमित्त प्रमुख प्रशासकीय अधिकृतसहित ५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
राजस्व अनुसन्धान विभागका तत्कालीन महानिर्देशकसहित ३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
रास्वपाका उम्मेदवार चौधरीसहित नौ जनालाई अख्तियारले बोलायो