काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रदेश नं ५ को पूर्वाधार विकास कार्यालयका एक सिनियर डिभिजन इञ्जिनीयरलाई आज मन्त्रालय परिसरबाट रकमसहित पक्राउ गरेको छ ।
आयोगको बुटवलस्थित कार्यालयबाट खटिएको टोलीले प्रदेश नं ५ भौतिक पूर्वाधार विकास मन्त्रालय परिसरबाट सोही मन्त्रालय, बाँके जिल्लास्थित पूर्वाधार कार्यालयका इञ्जिनीयर मनिषकुमार अर्याललाई स्रोत नखुलेको भनिएको रु पाँच लाख ३० हजारसहित पक्राउ गरेको आयोगका सूचना अधिकारी सुरेश भुसालले जानकारी दिनुभयो ।
उनलाई आज अपराह्न ४.३० बजे कार्यालय समय सकिनै लाग्दा सवारी साधनबाट मन्त्रालयबाट बाहिर निस्कने क्रममा पक्राउ गरिएकोे बताइएको छ ।
प्रतिक्रिया दिनुहोस
रासस
आइतबार, १४ भदौ २०७७, २० : १०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
जिल्ला शिक्षा अधिकारी र प्रधानाध्यापकसहित १३ जनाविरुद्ध भ्रष्टाचार मुद्धा
खरिदार र बिचौलियाविरुद्धको भ्रष्टाचार मुद्दामा प्रतिकूल अभिव्यक्ति दिएको आरोपमा मुद्धा दायर
प्रमुख प्रशासकीय अधिकृतसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
अधिकृतसहित तीन जनाविरुद्ध भ्रष्टाचार मुद्दा
लेखा अधिकृतसहित तिन जनाविरुद्ध भ्रष्टाचार मुद्दा
अधिकृत विरुद्धको भ्रष्टाचार मुद्दा सर्वोच्चमा पुनरावलोकन