गोविन्द केसीलाई सुरक्षा घेरामा नराखियोस् : चिकित्सक संघ

सफल खबर संवाददाता

शनिबार, १३ भदौ २०७७, १५ : २३
गोविन्द केसीलाई सुरक्षा घेरामा नराखियोस् : चिकित्सक संघ

काठमाडौँ । डा. गोविन्द केसीलाई आफू बसेको स्थानबाट बाहिर जान, हिँडडुल गर्न सुरक्षाकर्मीको प्रयोग गरी रोकिएको घटनाप्रति नेपाल चिकित्सक संघले गम्भीर ध्यानाकर्षण भएको छ ।  

डा केसी नेपाल चिकित्सक संघका आजीवन सदस्य हुन् । संघले विज्ञप्ति जारी गरी चिकित्सा शिक्षा र स्वास्थ्य क्षेत्र सुधार तथा सुशासनका अभियन्ता डा. गोविन्द केसी कोभिड–१९ को संक्रमणको समयमा समेत नेपालको अत्यन्तै दुर्गम स्थानमा गई त्यहाँका जनताहरुलाई निरन्तर स्वास्थ्य सेवा प्रदान गरेर चिकित्सकीय धर्म निर्वाह गरिरहेका जनाएको छ ।

‘यस्तो मानवीय कार्यमा संलग्न जिम्मेवार चिकित्सकलाई बिना कुनै कारण सुरक्षाको घेरामा राख्ने, हिँडडुल गर्न नदिने, नागरिकहरुसँग सम्र्पक गर्न नदिने जस्ता अत्यन्तै अस्वाभाविक र गैरमानवीय कार्य तत्काल रोक्न नेपाल चिकित्सक संघ सरोकारवाला निकाय समक्ष जोडदार माग गर्दछौँ’ संघका महासचिव डा. बद्री रिजालद्वारा जारी गरिएको विज्ञप्तिमा भनिएको छ । 
 

प्रतिक्रिया दिनुहोस