रक्षामन्त्रीसहित तीन मन्त्री र प्रधानसेनापति होम क्वारेन्टाइनमा

पत्रपत्रिकाबाट

शनिबार, १३ भदौ २०७७, ०८ : ०१
रक्षामन्त्रीसहित तीन मन्त्री र प्रधानसेनापति होम क्वारेन्टाइनमा

काठमाडौं । छाउनीस्थित नेपाली सेनाको हाताभित्र रहेको कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) को सचिवालयमा कार्यरत कर्मचारीमा कोरोना संक्रमण देखिएपछि तीन मन्त्री र प्रधानसेनापति होम क्वारेन्टाइनमा बसेका छन् । 

केही दिनअघि सीसीएमसीको बैठकमा सहभागी उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल, गृहमन्त्री रामबहादुर थापा, स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकाल, प्रधानसेनापति पूर्णचन्द्र थापा र सचिव महेन्द्र गुरागाईं होम क्वारेन्टाइनमा बसेका हुन् ।

सीसीएमसीको सचिवालयमा गत आइतबार कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका विषयमा साढे दुई घण्टा छलफल भएको थियो । त्यहाँ सहभागी सीसीएमसीका कर्मचारी नै संक्रमित भएका हुन् । कान्तिपुरमा खबर छ ।

प्रतिक्रिया दिनुहोस